Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

दार्चुलाको छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती

खबरडबली संवाददाता

दार्चुला । अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो । 

सुरुमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गर्‍यो । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना भयो । भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ । अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्छ ।

छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बने पनि सशस्त्र प्रहरी खटिएका छैनन् । छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका  बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो  तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ । 

सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् । 

सुरक्षाकर्मीले कुनै खबर गर्नुपर्‍यो भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ । विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयवासीले भने, “अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।”

ल्यान्डलाइनसँगै व्याँसमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन । दुई वर्षदेखि नमस्ते टावर छाङ्गरुमै निर्माणाधीन अवस्थामा छ । त्यो टावरमा उपकरण जडानमा ढिलाइ हुँदा व्याँसवासीले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउछन्। उनी भन्छन्, “नमस्ते टावरका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गरिए पनि उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न नसकेकोे  हो ।”

गत साता आएको हिमपातका कारण अहिले व्याँससम्म पुग्न सकिने अवस्था छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार अहिले नेपाल टेलिकमले काम नगर्दा कहिलेकाहीँ सामाजिक सञ्जाल र कुनै खबर घरमा पुर्‍याउनुपर्‍यो भने भारतीय एसएसबीको क्याम्प पुग्छौँ । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, “यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली जग्गाधनी खडा अभियोग: मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...

तरुण दल अध्यक्ष विद्वान गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...

कांग्रेसद्वारा रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बित, पूर्णबहादुर खड्काको फाइल तामेलीमा

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ ।  ललितपुरको बीपी...

राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...

सुधन गुरुङमाथि कस्तो छानबिन हुन्छ भन्ने कुरा हामी जानकारी गराउँछौं: रवी लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...

सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै यसको...

सरकारको ‘हेपाहा प्रवृत्ति’ले संसद र लोकतन्त्र कमजोर बनाइरहेको छ: गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। बुधबार सर्लाहीमा...

सभापति रवि लामिछानेले दिए सांसदहरूलाई १२ बुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले पार्टीका सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित ...

अस्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु : ११ जना घाइते

अस्ट्रेलिया। दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका ...

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए आन्दोलनमा जान बाध्य हुने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending