Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

एमसिसीले गठबन्धनमा खटपट : जनमोर्चा सडक आन्दोलनमा, दबावमा प्रचण्ड-माधव

पास गर्ने दाउमा देउवा, 'पर्ख र हेर'को अवस्थामा ओली

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर पाँच दलीय सत्ता गठबन्धनमा तिव्र विवाद सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अगाडि बढाउने प्रयास गरिरहेको बेलामा जनमोर्चा भने सडक आन्दोलनमा होमिएको हो। 

पाँचदलीय गठबन्धनमा कांग्रेस एमसिसीको पक्षमा भएपनि नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा संशोधनबिना एमसिसी अगाडि बढाउन नहुने पक्षमा छन् भने जनता समाजवादी पार्टी (जसपा) मौन छ।

आफू प्रधानमन्त्री हुँदा एमसिसी अगाडि बढाउन मरिहत्ते गर्ने केपी शर्मा ओली अहिले गठबन्धनभित्रको विवादलाई नियालिरहेका छन्। 

एमसिसीको बिषयलाई लिएर पाँच दलीय गठबन्धनमै दरार उत्पन्न भइरहेको बेला ओलीले यही मौकाको सदुपयोग गर्न चाहन्छन्। तर, आइतबार भएकोे देउवा र प्रचण्डसँगको भेटमा ओलीले गठबन्धनमै पहिला सहमति बनाउन भनेका छन्। 

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसिसी पास गराउन खोजेपनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सशोधनबिना अगाडि बढ्न नसक्ने अडानमा छन्। 

सत्ता गठबन्धन तथा संघीय संसद्‌भन्दा बाहिर रहेका साना बामपन्थी दलहरुसँग मिलेर चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले २५ माघ र २६ माघका लागि देशैभरी बिरोध प्रदर्शन गर्ने निर्णय अनुसार सडक संघर्षमा जुटेका छन्। 

देशैभरी २५ माघमा संयुक्त कोणसभा र माघ २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवन अगाडी बिरोध प्रदर्शन र देशैभरी सदरमुकामहरुमा संयुक्त बिरोध प्रदर्शन र सभामा सहभागी हुने निर्णय गरिसकेको छ। 

साना बामपन्थी दलहरुसँग मिलेर सडक संघर्षमा उत्रिएको जनमोर्चाले ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका बिरुद्ध शशक्त आन्दोलन सृष्टी गर्न’ अपिलसमेत गरेको छ ।

पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन गर्न लागेको हो ।

राष्टियताको सवाल गठबन्धनभन्दा ठुलो नभएकाले एमसिसी पास गर्ने शर्तमा जनमोर्चा कुनै बिषयमा सम्झौता नगर्ने अध्यक्ष केसी बताउँछन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

ऊर्जा केन्द्रलाई निशाना नबनाउन इरानको अमेरिकालाई चेतावनी

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको...

‘बर्ड फ्लु’ भेटिएपछि मासु र अण्डा ओसारपसारमा प्रतिबन्ध

झापा । दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको ...

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: