Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘त’ भनेर बाेलाउन थालेपछि ...

‘समान अस्तीत्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ’

खबरडबली संवाददाता

टीकापुर । कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गछृन्। १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उहाँले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन् ।  पतिले उनीलाई सधैँ घरको नोकरजस्तै सोँचिरहे र कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन् । 

सन्तान नहुर्कुञ्जेल  रुपाले यी सबै व्यवहार सहेर बसिन्। उनलाई सन्तान हुर्किसकेपछि श्रीमानले गर्ने दुव्र्यबहार बिरुद्ध आवाज उठाउन मन लाग्यो । वैवाहिक जीवनको २३ वर्षपछि उनले अगल हुने निर्णय गरिन्। ‘

‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिएनन् ।  खान लाउन दिए, धन सम्पत्ती दिए तर इज्जत दिएनन्’, उनले भनिन्, ‘दम्पत्ती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैँ मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर उनले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने ।’ 

रुपा श्रीमानले दास सम्झने व्यवहारकै कारण आफू मिलेर बस्न नसकेको बताइन्। ‘उहाँ अरु केही गलत हुनुहुन्नथ्यो्, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन’, उनले भनिन्, ‘मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय ग¥यौँ ।’

सम्बन्ध विच्छेदपछि हाल उनी सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन्। उनी आजभोलि सामाजिक जीवनमा सक्रीय छिन र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन्। 

कैलालीकै रमा धामीलाई पनि श्रीमानको व्यवहार पटक्कै मन पर्दैन । उनी  श्रीमानले  जीवनसाथीको जस्तो व्यवहार गरुन भन्ने चाहन्छिन्। प्रेम विवाह गरेकी उनले सुरुआति दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउँथिन् । विवाहपछि व्यवहार बदलियो । 

‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो’, उनी सुनाउँछिन्, ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहेछ भनी कुरा काटे ।’

परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो प¥यो । उनले बोलीचनमा सुधारमा गरिन्। परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन्।  तर, उनका श्रीमान्ले थप बोली र व्यवहार बिगार्नु थाले। तिमी भनेर बोल्ने श्रीमान् त भनी सम्बोधन गर्न थाले । ‘‘हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियत समेत बदलियो’’, उनले गुनासो गरिन्। 

दम्पत्ती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर, हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । 

‘हरेक श्रीमानले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसामात्र गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ’, शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पत्तीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’

बलियो र दीगो सम्बन्धका लागि जसरी श्रीमतीले श्रीमानलाई साथ दिन्छिन् यसैगरी श्रीमानले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम सदियौँदेखि चलिरहँदा  समाजमा महिलाहरु महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछन्। 

‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पत्ती र परिवारले नै लिन नसकेको देखिन्छ’, उनी भन्छन्, ‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्या समेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’

अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्ध विच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन्। ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्ध विच्छेदका भएका छन् । सम्बन्ध विच्छेदले परिवार विखण्डन भएको छ’, उनले भने, ‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्वाद हुन्छ । उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।’

उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानूनीरुपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन्। ‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ’, उनी भन्छन्,‘समान अस्तीत्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: