Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

खेतबारी जोत्नेका हातमा अहिले मेसिन हलो

खबरडबली संवाददाता

काठमाडौँ । परम्पारागत हलोका सहारामा खेतबारी जोत्नेका हातमा अहिले मेसिन छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारले अनुदानमा दिएका ‘मिनिटेलर’ हलो (आधुनिक हालो)ले परम्परागत शैली फेरिएको छ । कतिपयले व्यक्तिगत लगानीमा आधुनिक हलोको जोहो गरेका छन् । 

केही वर्ष पहिलेसम्म दिनभर जोत्दा नसकिने खेतबारी अहिले एक/दुई घण्टामा जोतेर सकिन्छ । डिजेल र पेट्रोलका सहायतमा चल्ने ‘मिनिटेलर’ गाउँगाउँमा पुगेपछि हिजो गोरुका पछि हलोको अनौ समाउनेहरुले अहिले मिनिटेलरको गियर त चलाएका छन् तर प्राविधिक ज्ञानको अभावमा बीचमै रोकिने हलो मर्मत कसरी गर्ने भन्ने समस्या भने कायम थियो । 

“किसानलाई उपकरण मात्रै होइन, प्राविधिक ज्ञानको पनि आवश्यकता छ, उपकरणको सही प्रयोग नहुँदा परम्परागत शैलीमा भन्दा धेरै दु:ख हुन्छ”, जैमिनी नगरपालिकाको कृषि शाखाका प्राविधिक रवीन्द्र शर्माले भने, “एक वर्ष पहिलेसम्म हामीले प्रविधि मात्रै दियौँ, अहिले प्राविधिक ज्ञान पनि दिने अभियानमा छौँ ।” कृषि शाखाले यस वर्ष मात्रै   मिनिटेलर मर्मत गर्नसक्ने २१ किसान तयार पारेको छ ।

दस दिन लामो प्रयोगात्मक तालिमको व्यवस्था गरेर किसान आफैँले मेसिन मर्मत गर्नसक्ने बनाइएको छ । “घरको हलो बिग्रिँदा बजार पुर्‍याउनुपर्ने, मर्मत खर्च पनि किसानले धानिनसक्नुको महँगो”, जैमिनीकै किसान प्रेम पौडेलले भने, “तालिम पाएपछि आफ्नो मात्रै होइन छिमेकीको हलो बिग्रिए पनि अब हामी आफैँ बनाउँछौँ ।” तालिम पाएपछि किसानहरु उत्साहित छन् ।

जैमिनी नगर प्रमुख इन्द्रराज पौडेलले तालिमले प्राविधिक ज्ञान दिने र कृषकहरुलाई नै सहज बनाउने जानकारी दिए । किसान सबल नहुँदासम्म कोही पनि सुरक्षित नहुने उनको तर्क थियो । उनले नगरपालिकाले अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोगविहीन बनेकाले यो तालिमले कृषकहरुको सामग्रीको सदुपयोग हुनेमा आशा व्यक्त  गरे ।

कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र पोखराको प्राविधि सहयोग लिएर नगरले किसानलाई तालिम दिएको हो । कृषि मेसिनरी औजार मर्मत तालिम अवधिभर कृषकहरुले प्रयोगात्मक अभ्यास गरेका थिए । नगरले कृषि औजार बिग्रेको भए नि:शुल्क मर्मतसम्भारसमेत गर्ने प्रबन्ध गरेको छ । “हामीले अहिले तयार गरेका किसानले अरूलाई पनि सिकाउँछन्,” प्राविधिक शर्माले, “अब प्राविधिक ज्ञानको अभावमा किसानले महँगो मूल्य तिरेर मर्मत गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।” बागलुङका दसवटै स्थानीय तह र कृषि ज्ञान केन्द्र बागलुङले हरेक वर्षका कार्यक्रममा यान्त्रिकीकरणका लागि मिनिटेलर हलो वितरण गर्ने गरेका छन् भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत कृषिमा यान्त्रिकीकरण थालिएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending