Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

श्रमिक नपाएका किसान भन्छन् : आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ कसरी बस्नु ?

खेती लनाउन नपाउँदा छैन पर्वको रौनक

खबरडबली संवाददाता

महोत्तरी । “माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्छन्, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म¥यो ।” 

गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने महतो अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको  परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ–नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि महतोको चिन्ता बढेको हो ।

श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुशी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारका खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन रहँदै आएको तर पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिँदैन । “के पर्वमा रमाउनु ? वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुशी भित्रन्छ र ?”, महतोले भने । यसपालि यही आउने आइतबार श्रीपञ्चमी पर्व परेको छ ।

महतोजस्तै उहाँकै छिमेकी हरिदेव साहले पनि वसन्तपञ्चमीसमेत भनिने माघ  शुक्ल पञ्चमीका दिन अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउनुहुने छाँट छैन ।  आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । 

“हाम्रा वरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्”, साहले दिक्क मान्दै भने, “लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।” 

कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाव जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको साहसहितका किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने) परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ ।

श्रीपञ्चमी पर्व नजिकिँदै गर्दा कृषि श्रमिक पुज्न नपाउने कुराले यहाँका आम किसानमा चिन्ता बढाएको छ । आम किसान यो समस्याले बिलखबन्द परेका छन् । काम गर्ने उमेरका युवा गाउँ, नगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँट नदेखिएको जिल्लाकै बर्दिवास नगरपालिका–६ किसाननगरका पाका किसान भीष्मकुमार खड्काको दुःखेसो छ ।

“घरका छोरा हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर जागिरमा गए, वरपर काम गर्ने श्रमिक पाइन छाडियो”,  उमेर सात दशक कटाउनुभएका खड्काले भने, “आफ्ना हातपाउ गले, अब खेती गरेर भकारी भरौँला भन्ने नसोचे भयो ।” काम गर्ने श्रमिक नपाएर दिक्क हुनुभएका खड्काले अब जग्गा ठेक्का, बटैया दिने वा बेच्ने विकल्पमात्र देख्न थालिएको बताए। 

हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने  र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदुर) माघ शुक्ल पञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने  मिथिला  परम्परा रहिआएको छ । यसै दिन कृषि ज्यावल वर्षभरि मर्मतसम्भार गर्ने (हलो ठोक्ने, कुटो कोदालोे र हँसिया, कँचिया उध्याउने र बिँड ठोक्ने) कामका लागि लोहार (कृषि ज्यावल मर्मतसम्भार गर्ने मिथिलाको खास जाति विशेष)को कुरा टुङ्ग्याउने गरिए पनि यसपालि बस्तीमा कृषि कार्यका श्रमिक र लोहार नभेटिएपछि श्रमिक र लोहार वरण गर्न नपाइएको बर्दिबास–९ पशुपतिनगर–४ का ८० वर्षीय किसान नथुनी महतो बताउँछन्। 

मिथिला परम्परामा श्रीपञ्चमीका दिन श्रमिक र लोहारको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि  उनीहरू अघिल्लो एक वर्षका लागि काममा बाँधिएको भन्ने मानिन्छ । 

परम्पराले यसै दिन श्रमिक र लोहारको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि भारतको पञ्जाव र अन्य अरब राष्ट्रतिर गएपछि काम गर्ने मान्छे पाउन नसकिएको जिल्लाकै लोहारपट्टी नगरपालिका–६ का किसान चन्देश्वर मण्डलले पिरोलिँदै बताए। 

कृषि कार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी अब बाँझै बस्न थालेका छन् । “गर्ने कोही नभएपछि के गर्नु ? आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ बस्नुपरेको छ”, भङ्गाहा–३ का ७५ वर्षीय किसान रुपनारायण सिंह थारू भन्छन् ।

दुई दशक अघिसम्म घरमा श्रीपञ्चमी पर्वका दिन हलो, कोदालो चलाउने, गाईभैँसी चराउने, घाँस काट्ने र अन्य खेती कार्यका लागि आपूmले वर्षेनी पाँच–सात जना श्रमिक पुज्ने गरेको झलझली सम्झनुभएका थारू क्रमशः यो क्रम घट्दै गएर पछिल्ला पाँच वर्षयता मान्छे नै नपाएको बताउँछन् । 

खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रूपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेट्टाइन छाडेपछि स–साना नानीलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । 

“खेतीपाती नै मुख्य व्यवसाय भएपछि कृषि श्रमिकको चाँजोपाँजोसँग जोडिएको श्रीपञ्चमी किसानका लागि खास पर्व बन्नु त स्वाभाविक नै भयो”, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट सेवा निवृत्त भई खेतीपातीमा जोडिएका भङ्गाहा–७ मेघरोलका ६५ वर्षीय चन्द्रनारायणसिंह थारू भन्छन्, “मैले सात–आठ वर्षमै हार खाएँ, मान्छे भेटिँदैनन् के गरौँ ?”, सेवा निवृत्त भएर घर आउँदा मज्जाले खेतीपाती गर्छु भन्ने रहर श्रमिक नै नपाएर मर्दै गएपछि अब विस्तारै जग्गा बेच्दै व्यापारतिर डोरिन लागेको थारू बताउँछन्। 

मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको  परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन्। रासस श्रमिक नपाएका किसानका भन्छन् : आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ कसरी बस्नु ? 

मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको  परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन्। रासस 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending