Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

श्रमिक नपाएका किसान भन्छन् : आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ कसरी बस्नु ?

खेती लनाउन नपाउँदा छैन पर्वको रौनक

खबरडबली संवाददाता

महोत्तरी । “माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्छन्, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म¥यो ।” 

गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने महतो अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको  परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ–नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि महतोको चिन्ता बढेको हो ।

श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुशी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारका खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्यभित्र रमाएरै लाग्ने चलन रहँदै आएको तर पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिँदैन । “के पर्वमा रमाउनु ? वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुशी भित्रन्छ र ?”, महतोले भने । यसपालि यही आउने आइतबार श्रीपञ्चमी पर्व परेको छ ।

महतोजस्तै उहाँकै छिमेकी हरिदेव साहले पनि वसन्तपञ्चमीसमेत भनिने माघ  शुक्ल पञ्चमीका दिन अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउनुहुने छाँट छैन ।  आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । 

“हाम्रा वरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्”, साहले दिक्क मान्दै भने, “लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।” 

कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाव जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको साहसहितका किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने (वरण गर्ने) परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ ।

श्रीपञ्चमी पर्व नजिकिँदै गर्दा कृषि श्रमिक पुज्न नपाउने कुराले यहाँका आम किसानमा चिन्ता बढाएको छ । आम किसान यो समस्याले बिलखबन्द परेका छन् । काम गर्ने उमेरका युवा गाउँ, नगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँट नदेखिएको जिल्लाकै बर्दिवास नगरपालिका–६ किसाननगरका पाका किसान भीष्मकुमार खड्काको दुःखेसो छ ।

“घरका छोरा हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर जागिरमा गए, वरपर काम गर्ने श्रमिक पाइन छाडियो”,  उमेर सात दशक कटाउनुभएका खड्काले भने, “आफ्ना हातपाउ गले, अब खेती गरेर भकारी भरौँला भन्ने नसोचे भयो ।” काम गर्ने श्रमिक नपाएर दिक्क हुनुभएका खड्काले अब जग्गा ठेक्का, बटैया दिने वा बेच्ने विकल्पमात्र देख्न थालिएको बताए। 

हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने  र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदुर) माघ शुक्ल पञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने  मिथिला  परम्परा रहिआएको छ । यसै दिन कृषि ज्यावल वर्षभरि मर्मतसम्भार गर्ने (हलो ठोक्ने, कुटो कोदालोे र हँसिया, कँचिया उध्याउने र बिँड ठोक्ने) कामका लागि लोहार (कृषि ज्यावल मर्मतसम्भार गर्ने मिथिलाको खास जाति विशेष)को कुरा टुङ्ग्याउने गरिए पनि यसपालि बस्तीमा कृषि कार्यका श्रमिक र लोहार नभेटिएपछि श्रमिक र लोहार वरण गर्न नपाइएको बर्दिबास–९ पशुपतिनगर–४ का ८० वर्षीय किसान नथुनी महतो बताउँछन्। 

मिथिला परम्परामा श्रीपञ्चमीका दिन श्रमिक र लोहारको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि  उनीहरू अघिल्लो एक वर्षका लागि काममा बाँधिएको भन्ने मानिन्छ । 

परम्पराले यसै दिन श्रमिक र लोहारको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि भारतको पञ्जाव र अन्य अरब राष्ट्रतिर गएपछि काम गर्ने मान्छे पाउन नसकिएको जिल्लाकै लोहारपट्टी नगरपालिका–६ का किसान चन्देश्वर मण्डलले पिरोलिँदै बताए। 

कृषि कार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी अब बाँझै बस्न थालेका छन् । “गर्ने कोही नभएपछि के गर्नु ? आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ बस्नुपरेको छ”, भङ्गाहा–३ का ७५ वर्षीय किसान रुपनारायण सिंह थारू भन्छन् ।

दुई दशक अघिसम्म घरमा श्रीपञ्चमी पर्वका दिन हलो, कोदालो चलाउने, गाईभैँसी चराउने, घाँस काट्ने र अन्य खेती कार्यका लागि आपूmले वर्षेनी पाँच–सात जना श्रमिक पुज्ने गरेको झलझली सम्झनुभएका थारू क्रमशः यो क्रम घट्दै गएर पछिल्ला पाँच वर्षयता मान्छे नै नपाएको बताउँछन् । 

खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रूपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेट्टाइन छाडेपछि स–साना नानीलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । 

“खेतीपाती नै मुख्य व्यवसाय भएपछि कृषि श्रमिकको चाँजोपाँजोसँग जोडिएको श्रीपञ्चमी किसानका लागि खास पर्व बन्नु त स्वाभाविक नै भयो”, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट सेवा निवृत्त भई खेतीपातीमा जोडिएका भङ्गाहा–७ मेघरोलका ६५ वर्षीय चन्द्रनारायणसिंह थारू भन्छन्, “मैले सात–आठ वर्षमै हार खाएँ, मान्छे भेटिँदैनन् के गरौँ ?”, सेवा निवृत्त भएर घर आउँदा मज्जाले खेतीपाती गर्छु भन्ने रहर श्रमिक नै नपाएर मर्दै गएपछि अब विस्तारै जग्गा बेच्दै व्यापारतिर डोरिन लागेको थारू बताउँछन्। 

मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको  परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन्। रासस श्रमिक नपाएका किसानका भन्छन् : आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ कसरी बस्नु ? 

मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको  परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउँछन्। रासस 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending