बनेपा । पनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल योमरी बनाउन र वितरण व्यस्त छिन् ।
विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा व्यस्त भएका हुन् ।
पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् । शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न ती काम थालेको उनीहरुको भनाइ छ ।
विद्यालयद्वारा सञ्चालित सो खाजा घरमा ११ विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्दै आएका छन् । उनीहरुको काम योमरी बनाउने, पकाउने, ग्राहकलाई दिने रहेको छ । दैनिक चार हजारदेखि छ/सात हजारसम्मको योमरी बिक्री हुने गरेको विद्यालयले जनाएको छ ।
उनीहरुले आलोपालोमा काम गर्दै आएका छन् । विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ५८ विद्यार्थी भ्रमणको तयारी गर्दैछन् ।
कोरोना सङ्क्रमण जोखिमका कारण अहिले विद्यालय बन्द छ । शैक्षिक गतिविधि बन्द रहेको समयमा विद्यालय भवनमा ‘खाजा घर’ सञ्चालन गरेपछि विद्यार्थीको सीप र स्वयंसेवी काममा सहयोग समेत पुगेको जनाइएको । सो विद्यालय पनौती क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयभित्र पर्ने पनौती – ७ का लक्ष्मीनारायण ख्वाउजुले बताए।
खाजाघर सञ्चालन गर्न विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि उत्तिकै खटिरहनुभएको छ । प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारको नेतृत्वमा सो काम भइरहेको हो ।
मकर मेला सञ्चालन अवधिभर सञ्चालन हुने खाजाघरबाट करिब रु ६० देखि ७० हजारसम्म आम्दानी हुने अनुमान गरेको उनले बताए। विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: