Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

रासस

टीकापुर । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन  मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । पचासी प्रतिशत काम सकिएको र बाँकी  दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ ।  

साना शहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले भने, ‘एक वर्षमा सक्नुपर्ने निर्माण काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको छ,  अगामी फागुनसम्म  नगरपालिकालाई हस्तान्तरण गर्छौँ । मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको छ ।’  

सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र  व्यबस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ । विगत चार वर्षदेखि  नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।

पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या  छ । मलमूत्र केन्द्रलाई कार्यबिधि बनाएर सञ्चालन गरिने टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए। 

‘यतिखेर हप्ताको तीन चार दिनमात्र सक्सन मेशिन प्रयोगमा आउने गरेको छ, यसको क्षमताअनुसार प्रयोग गर्न अन्य स्थानीय निकायसँग पनि सहकार्य गर्न आवश्यक छ’ उनले भने। 

भ्याट सहित  ६० करोड रुपैयाँमा केन्द्र र सतही ढल गरी दुई आयोजना निर्माणाधीन न् । सतही पानीको निकास गर्न २९ किलोमिटर लामो ढल निर्माण हुने भएको छ । अहिलेसम्म साढे चार किमी ढल निर्माण भएको छ । मुक्त कमैया बस्ती र बजार क्षेत्रमा गरी २९ किमी लामो ढल निर्माणको योजना रहेको आयोजनाका परामर्शदाता इञ्जीनियर अरुण रोस्याराले जानकारी दिए। 

‘स्थानीय तहबाट असहयोग भएन भने ढलको काम अबको एक वर्षमा सकिन्छ’,  उनले भने,‘निर्माणमा प्रयोग भएका सामग्री सरकारको प्रयोगशालामा परीक्षण हुन्छ ।’ 

टीकापुर मै प्रयोगशाला राखेर फलामका डण्डी, सिमेण्ट, इटा, बालूवा र गिट्टी परीक्षण गर्दै आएको र निर्माण भएका संरचनाको पुनः परीक्षण हुने गरेको उनले बताए। उनले मलमूत्र व्यबस्थापन र ढलको काम सँगसँगै भइरहेको पनि जानकारी दिए। 

सतही पानीलाई  ढलमार्फत् जमरा र ज्ञानी कुलामा पठाइने छ भने मलमूत्र प्रशोधन गरेर निस्केको सफा पानी जमरामा पठाइने जनाइएको छ । कतिपय ठाउँमा खानेपानीको पाइपले समस्या पारेको जनाउँदै स्थानीय सरकारसँग मिलेर आयोजना निर्माण भइरहेको कम्पनीको भनाइ छ । 

सो केन्द्र सञ्चालनमा आएपछि मलमुत्र व्यवस्थापनका लागि समस्या कम हुने स्थानीयवासी रुपा साउँदले बताए। ‘शौचालयबाट निकालिएको मलमुत्र आफ्नै बारीभित्रै व्यवस्थापन गर्नुपर्ने समस्या थियो, अब प्रशोधन गरेर उर्जा निस्कनेछ । यसले नागरिकलाई पनि सजिलो र सरकारलाई पनि आम्दानी हुन्छ’, उनले भने, ‘यसका साथै आकाशे पानी व्यवस्थापनका लागि बन्न थालेको ढलले बर्सेनि वर्षा हुने वित्तिकै डुवान हुने टीकापुर डुवानबाट समस्यामा पर्ने छैन ।’

स्थानीयवासी यसरी निर्माण भइरहेका योजना गुणस्तरीय बनाउनतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending