टीकापुर । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । पचासी प्रतिशत काम सकिएको र बाँकी दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ ।
साना शहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले भने, ‘एक वर्षमा सक्नुपर्ने निर्माण काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको छ, अगामी फागुनसम्म नगरपालिकालाई हस्तान्तरण गर्छौँ । मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको छ ।’
सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यबस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ । विगत चार वर्षदेखि नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।
पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या छ । मलमूत्र केन्द्रलाई कार्यबिधि बनाएर सञ्चालन गरिने टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए।
‘यतिखेर हप्ताको तीन चार दिनमात्र सक्सन मेशिन प्रयोगमा आउने गरेको छ, यसको क्षमताअनुसार प्रयोग गर्न अन्य स्थानीय निकायसँग पनि सहकार्य गर्न आवश्यक छ’ उनले भने।
भ्याट सहित ६० करोड रुपैयाँमा केन्द्र र सतही ढल गरी दुई आयोजना निर्माणाधीन न् । सतही पानीको निकास गर्न २९ किलोमिटर लामो ढल निर्माण हुने भएको छ । अहिलेसम्म साढे चार किमी ढल निर्माण भएको छ । मुक्त कमैया बस्ती र बजार क्षेत्रमा गरी २९ किमी लामो ढल निर्माणको योजना रहेको आयोजनाका परामर्शदाता इञ्जीनियर अरुण रोस्याराले जानकारी दिए।
‘स्थानीय तहबाट असहयोग भएन भने ढलको काम अबको एक वर्षमा सकिन्छ’, उनले भने,‘निर्माणमा प्रयोग भएका सामग्री सरकारको प्रयोगशालामा परीक्षण हुन्छ ।’
टीकापुर मै प्रयोगशाला राखेर फलामका डण्डी, सिमेण्ट, इटा, बालूवा र गिट्टी परीक्षण गर्दै आएको र निर्माण भएका संरचनाको पुनः परीक्षण हुने गरेको उनले बताए। उनले मलमूत्र व्यबस्थापन र ढलको काम सँगसँगै भइरहेको पनि जानकारी दिए।
सतही पानीलाई ढलमार्फत् जमरा र ज्ञानी कुलामा पठाइने छ भने मलमूत्र प्रशोधन गरेर निस्केको सफा पानी जमरामा पठाइने जनाइएको छ । कतिपय ठाउँमा खानेपानीको पाइपले समस्या पारेको जनाउँदै स्थानीय सरकारसँग मिलेर आयोजना निर्माण भइरहेको कम्पनीको भनाइ छ ।
सो केन्द्र सञ्चालनमा आएपछि मलमुत्र व्यवस्थापनका लागि समस्या कम हुने स्थानीयवासी रुपा साउँदले बताए। ‘शौचालयबाट निकालिएको मलमुत्र आफ्नै बारीभित्रै व्यवस्थापन गर्नुपर्ने समस्या थियो, अब प्रशोधन गरेर उर्जा निस्कनेछ । यसले नागरिकलाई पनि सजिलो र सरकारलाई पनि आम्दानी हुन्छ’, उनले भने, ‘यसका साथै आकाशे पानी व्यवस्थापनका लागि बन्न थालेको ढलले बर्सेनि वर्षा हुने वित्तिकै डुवान हुने टीकापुर डुवानबाट समस्यामा पर्ने छैन ।’
स्थानीयवासी यसरी निर्माण भइरहेका योजना गुणस्तरीय बनाउनतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: