Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट, नेतृत्वले आफ्ना कुरा नसुने सामूहिक राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । 

अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितीमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेको समाचार आजको राजधानी दैनिकले लेखेको छ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन । दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं । पदीय मर्यादाक्रमसमेत मिलेको छैन । हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ । पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ । यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने ।

पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन् । तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं । पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने ।

उपाध्यक्षमा निर्वाचित थापा तत्कालीन नेकपाको सचिवालयमा रहेका थिए । तर, तत्कालीन नेकपाको सचिवालयमा नरहेका त्यसबेलाका स्थायी कमिटी सदस्यद्वय ९हाल एमाले उपाध्यक्षद्वय० युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा वरीयतामा तल राखिएकोमा थापाको असन्तुष्टि छ । उनलाई अहिलेसम्म पार्टीले ठोस जिम्मेवारीसमेत दिएको छैन ।

थापाले आफूनिकटसँग यो विषयमा पटकपटक छलफल गरेको र राजीनामा दिनु नै राम्रो हुने निष्कर्ष सुनाएको स्रोतको भनाइ छ । थापा यसअघि बाग्मती प्रदेशको इन्चार्ज रहेका थिए । १०औं महाधिवेशनपछि भने उनलाई कूटनीतिक र राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी दिइएको छ ।

सचिव रायमाझीले पनि आफूभन्दा जुनियरलाई माथिल्लो वरीयतामा राखेर आफ्नो अपमान गरिएको गुनासो गर्दै आएका छन् । रायमाझीले महाधिवेशनमा उपाध्यक्षको दाबी गरेका थिए । तर, सहमतिको नाममा उनलाई सचिव बनाइएको थियो ।

आफू स्वबियू सभापति हुँदा विद्यार्थी राजनीतिमा समेत नलागेका केही नेतालाई पदीय मर्यादाक्रममा माथि राखिएकोमा उनको चर्को असन्तुष्टि छ ।

महासचिव शंकर पोखरेलदेखि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल आफूभन्दा पदीय मर्यादाक्रममा माथि रहेकोमा सचिव रायमाझीले अपमानित महसुस गरिरहेका छन् । एमालेमा सचिव रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

‘पहिलापहिला सार्वजनिक कार्यक्रममा समेत अध्यक्ष ओलीले मलाई लाने गर्थे, सम्बोधन गर्न समय पनि दिन्थे तर अहिले कुनै प्रकारको सोधखोज नै छैन । अहिले त मभन्दा कनिष्ठलाई माथि राखेर हदैसम्मको अपमान गरिएको छ,’ सचिव रायमाझीले आफू निकटका नेतासँग गुनासो पोख्ने गरेका छन् ।

यस्तै, अर्का सचिव लेखराज भट्टको समस्या पनि उस्तै छ । सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेका भट्टले आफूले जिम्मेवारीअनुसारको काम गर्न नपाएका गुनासो गरिरहेका छन् । हालै सम्पन्न जिल्ला अधिवेशनका क्रममा आफ्नो भनाइ कतै सुनुवाइ नभएको उनको गुनासो रहेको छ ।

‘सुरुमै सेटिङ गरेर जिल्ला कमिटीको घोषणा गर्छन् । मेरो सल्लाह नै लिँदैनन, मैले दिन खोजे पनि लागू हुँदैन । म त नाम मात्रैको प्रदेश इन्चार्ज भएको छु, यस्तो इन्चार्जको के काम ? पूर्वमाओवादीका कुनै नेतालाई जिल्लाको नेतृत्वमा आउनै दिँदैनन्,’ सचिव भट्टले गुनासो गर्ने गरेका छन् ।

स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साहको समेत यस्तै गुनासो रहेको छ । थापा अहिले एमालेमा भूमि व्यवस्था विभागको प्रमुख र साह प्रदेश २ को सह–इन्चार्जको जिम्मेवारीमा छन् ।

तत्कालीन नेकपाको स्थायी कमिटीमा रहेका मणि थापाले महाधिवेशनको बेला सचिवमा दाबी गरेका थिए । तर, महाधिवेशनबाट सचिवसमेत हुन नसकेका थापा जिम्मेवारी बाँडफाँटमा समेत राम्रो जिम्मेवारी नपाएको गुनासो गर्छन् ।

यस्तै, साहले समेत सचिवको दाबी गर्दै आएका थिए । तर, सचिव बन्ने उनको सपना पूरा हुन सकेन । उनी पछिल्ला दिनमा आफूले राम्रो जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन् । मधेस प्रदेशको इन्चार्ज हुनुपर्ने माग उनको भए पनि ओलीले सह–इन्चार्ज बनाए । पोलिटब्युरो सदस्य रहेका अन्य नेतालाई समेत मधेस प्रदेशको सह–इन्चार्ज बनाएर आफ्नो अपमान गरिएको गुनासो साहले आफूनिकटका नेतासँग गर्ने गरेका छन् ।

पछिल्लो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रदेश कमिटीको पदाधिकारी प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बैठकले पारित गर्‍यो । तर, प्रदेश पदाधिकारीमा पूर्वमाओवादी समूहका नेतालाई जिम्मेवारी नदिएको र जिल्ला अधिवेशनबाट समेत पूर्वमाओवादी समूहका नेतालाई नेतृत्वमा आउन नदिएको भन्दै उनीहरू अध्यक्ष ओलीबाट असन्तुष्ट छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending