Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

संविधानअनुसार निर्वाचनमा जाऔँ, एमाले जुनसुकै परिणाम स्वीकार्न तयार छ : सुवास नेम्वाङ

गठबन्धनलाई सोधे : कुन नैतिकताले वैशाखमै संसदीय निर्वाचन गरौँ भन्नुहुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमाले संविधान अनुसार निर्वाचनमा जाँदा जस्तोसुकै परिणाम स्वीकार्न तयार रहेको बताएका छन्। संविधानको मुल्य र मान्यताविपरित स्थानीय तहको निर्वाचन नगर्ने कुरा स्वीकार गर्न नसकिने बताए। 

उनले भने, ‘उहाँहरुले अहिले मुल्य र मान्यताविरुद्धको  ‘दूषित’ गठबन्धनमा हुनुहुन्छ। कसैलाई एक्लो पार्नकै लागि मात्रै गरिएको छ। यो गठबन्धनलाई पनि हामीले स्वीकारेका छौँ। अहिले पनि जाउँ न स्थानीय तहको निर्वाचनमा, संविधान अनुसार प्रतिनिधि सभाको निर्वाचनमा जाऔँ। प्रदेशसभाको निर्वाचनमा जाऔँ। हामी जुनसुकै परिणाम स्वीकार्ने पक्षमा छौँ। हामीले जित्दा एउटा, हार्दा अर्को साथीहरुको जस्तो तरिका जान्दैनौँ।’  

अहिले आएर स्थानीय तह सम्बन्धी कानुन संविधानसँग बाझियो भन्ने सत्ता गठबन्धनका साथीहरुको तर्क एकदमै हाँस्यास्पद भएको उनको भनाइ छ। 

‘यो कानुन अहिले सरकारमै भएका साथीहरुको पहल र कदममा भएको हो। उहाँले त्यसलाई कार्यान्वयनमा उहाँहरुले नै लैजानुभएको छ। २०७४ को चुनाव यही कानुन अनुसार भएको हो’ उनले भने, ‘हामीले राम्रोसँग सहयोग पुर्‍यायौँ। त्यसमा हाम्रो अनेकौं प्रश्न हुँदाहुँदै पनि हामीले कार्यान्वयनमा सहयोग गरेका हौँ। अब अहिले आएर निर्वाचनको मुखमा पुगेर त्यही पक्षका साथीहरु  निर्वाचन सार्नको लागि निहुँ बनाउन खोज्दै हुनुहुन्छ। उहाँहरुको अहिलेको तर्क निर्वाचन सार्न या नगर्नका लागि गरिएको मात्रै हो।’ 

कानुन र संविधान अनुसार निर्वाचन आयोगको सिफारिस अनुसार स्थानीय तहको निर्वाचन गरेर अन्य निर्वाचनको बिषयमा छलफलमा आफ्ना कुरा राख्न तयार रहेको प्रष्ट पारे। 

स्थानीय तहको निर्वाचन गर्ने बेलामा गर्न नसके  प्रणालीमै असर पर्ने उनको भनाइ छ। दुई पटक केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गर्न प्रतिगमन भन्नेहरुले अहिले वैशाखमै संघीय निर्वाचन गरौँ भन्ने प्रस्ताव गर्ने कुनै नैतिक आधार नभएको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending