Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

संविधानअनुसार निर्वाचनमा जाऔँ, एमाले जुनसुकै परिणाम स्वीकार्न तयार छ : सुवास नेम्वाङ

गठबन्धनलाई सोधे : कुन नैतिकताले वैशाखमै संसदीय निर्वाचन गरौँ भन्नुहुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एमाले संविधान अनुसार निर्वाचनमा जाँदा जस्तोसुकै परिणाम स्वीकार्न तयार रहेको बताएका छन्। संविधानको मुल्य र मान्यताविपरित स्थानीय तहको निर्वाचन नगर्ने कुरा स्वीकार गर्न नसकिने बताए। 

उनले भने, ‘उहाँहरुले अहिले मुल्य र मान्यताविरुद्धको  ‘दूषित’ गठबन्धनमा हुनुहुन्छ। कसैलाई एक्लो पार्नकै लागि मात्रै गरिएको छ। यो गठबन्धनलाई पनि हामीले स्वीकारेका छौँ। अहिले पनि जाउँ न स्थानीय तहको निर्वाचनमा, संविधान अनुसार प्रतिनिधि सभाको निर्वाचनमा जाऔँ। प्रदेशसभाको निर्वाचनमा जाऔँ। हामी जुनसुकै परिणाम स्वीकार्ने पक्षमा छौँ। हामीले जित्दा एउटा, हार्दा अर्को साथीहरुको जस्तो तरिका जान्दैनौँ।’  

अहिले आएर स्थानीय तह सम्बन्धी कानुन संविधानसँग बाझियो भन्ने सत्ता गठबन्धनका साथीहरुको तर्क एकदमै हाँस्यास्पद भएको उनको भनाइ छ। 

‘यो कानुन अहिले सरकारमै भएका साथीहरुको पहल र कदममा भएको हो। उहाँले त्यसलाई कार्यान्वयनमा उहाँहरुले नै लैजानुभएको छ। २०७४ को चुनाव यही कानुन अनुसार भएको हो’ उनले भने, ‘हामीले राम्रोसँग सहयोग पुर्‍यायौँ। त्यसमा हाम्रो अनेकौं प्रश्न हुँदाहुँदै पनि हामीले कार्यान्वयनमा सहयोग गरेका हौँ। अब अहिले आएर निर्वाचनको मुखमा पुगेर त्यही पक्षका साथीहरु  निर्वाचन सार्नको लागि निहुँ बनाउन खोज्दै हुनुहुन्छ। उहाँहरुको अहिलेको तर्क निर्वाचन सार्न या नगर्नका लागि गरिएको मात्रै हो।’ 

कानुन र संविधान अनुसार निर्वाचन आयोगको सिफारिस अनुसार स्थानीय तहको निर्वाचन गरेर अन्य निर्वाचनको बिषयमा छलफलमा आफ्ना कुरा राख्न तयार रहेको प्रष्ट पारे। 

स्थानीय तहको निर्वाचन गर्ने बेलामा गर्न नसके  प्रणालीमै असर पर्ने उनको भनाइ छ। दुई पटक केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गर्न प्रतिगमन भन्नेहरुले अहिले वैशाखमै संघीय निर्वाचन गरौँ भन्ने प्रस्ताव गर्ने कुनै नैतिक आधार नभएको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending