काठमाडौं । लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन आज नेपाल फर्किंदैछन् ।
नेता पुन विमान चार्टर गरेर नेपाल फर्किन थालेको भनेर सामाजिक सञ्जालमा कतिपयले आलोचना समेत गरेका छन् । कोरोना संक्रमण चुलिएको बेला नियमित जहाज उडान नभएको हुँदा विमान चार्टर गरेको होला भनेर समेत कतिपयले लख काटेको देखिन्छ ।
तर नेता पुन भने विमान चार्टर गरेर फर्किन लागेको समाचार पुरै झूठो रहेको पाइएको छ ।
वास्तविकता के हो भने नेता पुन काठमाडौंबाट सामान लिन चीनको कुन्मिङ गएको हिमालयन एयरलाइन्सको एच नाइन ७८४२ जहाजबाट नेपाल फर्किन थालेका हुन । जहाज चीनबाट आजै फर्केर साँझ साढे ७ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।
उक्त जहाज आज बिहान ९ बजे काठमाडौंबाट कुन्मिङका लागि उडेको थियो । हेर्नुस तालिका
चीनबाट सामान लिन गएको कार्गो जहाजमा मन्त्री आउने कुरा त्रिभुवन विमानस्थलले समेत पुष्टि गरेको छ । विमान चार्टर गरेर आउने कुरा पुरै भ्रामक भएको विमानस्थलले जनायो ।
विमानस्थलको आजको तालिका हेर्दा चीनबाट नेपाल आउने कुनै पनि जहाज चार्टर गरिएको छैन । आज प्याक्स चार्टर काठमान्डुबाट दमाम जाने मात्र रहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
जेष्ठ ३ गते, २०७९ - ११:३०
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...
जेष्ठ २ गते, २०७९ - १८:२४
काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् । राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...
जेष्ठ २ गते, २०७९ - १७:३५
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...
जेष्ठ २ गते, २०७९ - १५:३४
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...
जेष्ठ २ गते, २०७९ - १५:०९
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...
जेष्ठ २ गते, २०७९ - १३:२१
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम ...
प्रतिकृया लेख्नुहोस्: