लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन्। कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन्।
आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गर्नुभएको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन्।
प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि प्रदेशले अभियाननै सञ्चालन गरेर अन्य प्रदेशले पनि सिको गर्ने कामगर्न सुझाव दिए। उनले भने, ‘पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको छु । तत्काल तीनै तहका सरकार मिलेर कोरोना सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न म आग्रह गर्दछु ।’
सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख जनाउँदै प्रमुख शेरचनले विकास निर्माणका काम स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गरे। सो अवसरमा मुख्यमन्त्री केसीले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: