वालिङ । वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ ।
नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।
“विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उनले भने, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।”
कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । “यहाँका नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौँ, पहिलो प्राथमिकता नागरिकको जीउ ज्यानको सुरक्षा हो,” उनले भने, “विकास बरु पछि गर्दै जाउँला पहिला नागरिकको स्वास्थ्यमा ध्यान दिने गरी अगाडि बढेका छौँ ।”
अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न आउनुभएका व्यक्तिहरुलाई निःशुल्क एन्टिजिन परीक्षण गरिदिने गरिएको स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएर बसेका सङ्क्रमितहरुलाई निःशुल्क खाना, नास्ता तथा औषधि उपलब्ध गराइएको शाखाप्रमुख पाण्डेले बताए । “५० शय्या क्षमतासहित सङ्क्रमितहरुको उपचारका लागि तयारी अवस्थामा छौँ,” प्रमुख पाण्डेले भन्नुभयो, “हाल सातजना सङ्क्रमितहरु अस्पतालमा भर्ना भएर नियमित उपचारमा छन् ।”
श्वासप्रश्वासमा समस्या देखिएका सङ्क्रमितहरुलाई अहिले भर्ना गरेर राखिएको छ भने अन्य सामान्य लक्षण देखिएका सङ्क्रमितहरुलाई घरमै छुट्टै आइसोलेसनमा बस्न भनिएको प्रमुख पाण्डेले बताउनुभयो । घरमै आइसोलेसनमा बस्नुभएका सङ्क्रमितहरुलाई कुनै समस्या देखिए अस्पताल आउन आग्रह गरिएको अस्पतालका सूचना अधिकारी उदय पौडेलले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भई बस्नुभएका बिरामीहरुलाई बिहानको नास्ता, खाजा, दिउँसो नास्ता र साँझ खाना निःशुल्क उपलब्ध गराउँदै आएको सूचना अधिकारी पौडेलले बताए ।
होम आइसोलेसनमा रहनुभएका बिरामीहरु स्वास्थ्यकर्मीको नियमितरुपमा सम्पर्कमा रहनुभएको छ । यसअघि पनि नगरपालिकाले अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुलाई अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधि, खाना, नास्ता उपलब्ध गराइएको थियो । गह्रौँ प्राथमिक अस्पतालमा खोप लगाउने कार्य जारी रहेकाले खोप नलगाएका नागरिकहरुलाई अनिवार्य खोप लगाउनका लागि नगरपालिकाले माइकिङ गर्दै आइरहेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्यसम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्न नगरपालिकाले सूचना तथा माइकिङमार्फत अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: