Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

वालिङ नगरपालिकामा कोभिड परीक्षण, भोजन र औषधि निःशुल्क

खबरडबली संवाददाता

वालिङ । वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ । 

नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।

“विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ”, उनले भने, “अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना, नास्ता र अस्पतालबाट उपलब्ध हुने औषधिसहित उपचारलाई निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ ।”

कोभिड–१९ को सङ्क्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । “यहाँका नागरिकको स्वास्थ्यप्रति हामी सचेत छौँ, पहिलो प्राथमिकता नागरिकको जीउ ज्यानको सुरक्षा हो,” उनले भने, “विकास बरु पछि गर्दै जाउँला पहिला नागरिकको स्वास्थ्यमा ध्यान दिने गरी अगाडि बढेका छौँ ।”

अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न आउनुभएका व्यक्तिहरुलाई निःशुल्क एन्टिजिन परीक्षण गरिदिने गरिएको स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएर बसेका सङ्क्रमितहरुलाई निःशुल्क खाना, नास्ता तथा औषधि उपलब्ध गराइएको शाखाप्रमुख पाण्डेले बताए । “५० शय्या क्षमतासहित सङ्क्रमितहरुको उपचारका लागि तयारी अवस्थामा छौँ,” प्रमुख पाण्डेले भन्नुभयो, “हाल सातजना सङ्क्रमितहरु अस्पतालमा भर्ना भएर नियमित उपचारमा छन् ।”

श्वासप्रश्वासमा समस्या देखिएका सङ्क्रमितहरुलाई अहिले भर्ना गरेर राखिएको छ भने अन्य सामान्य लक्षण देखिएका सङ्क्रमितहरुलाई घरमै छुट्टै आइसोलेसनमा बस्न भनिएको प्रमुख पाण्डेले बताउनुभयो । घरमै आइसोलेसनमा बस्नुभएका सङ्क्रमितहरुलाई कुनै समस्या देखिए अस्पताल आउन आग्रह गरिएको अस्पतालका सूचना अधिकारी उदय पौडेलले जानकारी दिनुभयो । अस्पतालमा भर्ना भई बस्नुभएका बिरामीहरुलाई बिहानको नास्ता, खाजा, दिउँसो नास्ता र साँझ खाना निःशुल्क उपलब्ध गराउँदै आएको सूचना अधिकारी पौडेलले बताए ।

होम आइसोलेसनमा रहनुभएका बिरामीहरु स्वास्थ्यकर्मीको नियमितरुपमा सम्पर्कमा रहनुभएको छ । यसअघि पनि नगरपालिकाले अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुलाई अस्पतालबाट प्राप्त हुने निःशुल्क औषधि, खाना, नास्ता उपलब्ध गराइएको थियो । गह्रौँ प्राथमिक अस्पतालमा खोप लगाउने कार्य जारी रहेकाले खोप नलगाएका नागरिकहरुलाई अनिवार्य खोप लगाउनका लागि नगरपालिकाले माइकिङ गर्दै आइरहेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्यसम्बन्धी मापदण्डहरु पूर्णरुपमा पालना गर्न नगरपालिकाले सूचना तथा माइकिङमार्फत अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending