Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

Krishi bikash bank
खबरडबली संवाददाता

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् । 

गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको हो । खप्तडमा हिमपात भएपछि यहाँ आएका आन्तरिक पर्यटकहरु निकै रमाइरहेको बताइएको छ । हिमपातपछि यहाँ रमाइलो गर्नका लागि दैनिक १२ देखि १५ जनासम्म आन्तरिक पर्यटक घुम्न र रमाइलो गर्न आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपात रोकिएको र दिउँसोको समयमा टलक्क घाम लाग्ने भएकाले पनि यहाँ पर्यटक आउने क्रम बढ्दै गएको झिग्रानाका स्थानीयवासी हिरालाल साउँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ परेकाले चिसो धेरै छ, दिउँसो घाम लाग्ने भएकाले यहाँ घुम्न आउने पर्यटक पनि दिनहुँ थपिँदै गएका छन्, अहिले यहाँको चहलपहल बढेको छ ।” 

हिमपातले यहाँ एकाएक चिसो बढेको स्थानीयवासीहरु बताउँछन् । खप्तडसँगै यहाँका अन्य गाउँहरुमा पनि हिमपात भएकाले नागरिकलाई घरबाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिमपातका कारण खप्तडलगायतका क्षेत्रहरु सुन्दर देखिन थालिएका निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । 

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको खप्तड झिग्रानास्थित घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणिय भएका छन् ।” अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर कायमै रहे पनि अहिले खप्तड घुम्न आउने तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । 

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण यहाँको तापक्रम माइनस तीन डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकहरु घरबाहिर निस्किन पाइरहेका छैनन् । 

यसअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात सुरु भएपछि स्थानीयवासीहरु खेती सप्रिने भन्दै खुसी भएका छन् । खप्तडसहित, बडिकेदार थान, गोलादेउला, चर्केलेक, नापानी, देउताल, मुस्तला, खगरताल, ओखरखाली लगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो । हिमपात भएपछि लेकाली क्षेत्रमा गरिएको खेती सप्रिने भन्दै किसानहरु भने निकै खुसी भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरालाई समृद्ध बनाउन भोलिदेखि कामको थालनी गर्नेछौँ : नवनिर्वाचित प्रमुख आचार्य

कास्की । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजनासहित कामको थालनी गरिने बताएका छन् ...

भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु

बाँके । बाँकेको कोहलपुर  नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा आज यहाँ एक जनाकोे मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर...

अझै पाँच पालिकाको नतिजा आउन बाँकी, एउटा नगरपालिकामा मतगणना सुरु हुनै सकेन

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौ...

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु : प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम ...

विराटनगरको कार्यपालिकाको निर्वाचन जेठ २१ गते

मोरङ । मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिका कार्यपालिका सदस्यहरूको निर्वाचन यही जेठ २१ गते बिहान १० देखि २...

प्रधानमन्त्री देउवाले भने: बलात्कार मुद्दाको हदम्याद बढाउन सरकारले आवश्यक तयारी अघि बढाइसकेको छ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताएका छन्। सरकारी निवास बालुवाटारम...

आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीको सर्कुलरः एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नू

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्दे...

ओलीको निष्कर्ष : हारको प्रमुख कारण एमालेभित्र अन्तर्घात

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा हारको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा बुधबार सम्बो...

मन्त्रिपरिषद्को निर्णय : २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

गठबन्धनलाई हराउँदै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

दाङ । गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page