Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चितवनमा मतदाता सङ्ख्या ४ लाख माथि

खबरडबली संवाददाता

चितवन । जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २००  पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता  थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।

१६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ । मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नुपर्ने हुन्छ । यही कात्तिक मसान्तसम्म जिल्लामा तीन लाख ७८ हजार ७२१ मतदाता थिए । गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा छ स्थानीय तहबाट १२ हजार ५२० ले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मङ्सिरयता यही माघ ५ गतेसम्म १३ हजार ६४ ले मतदाता नामावली दर्ता गराएका छन् ।

भरतपुर महानगरका स्थानीयवासीले जिल्ला निर्वाचन कार्यालयमै नाम दर्ता गराएका हुन । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जिल्लामा गत मङ्सिरयता २५ हजार बढीले नाम दर्ता गराएको जानकारी दिए । मतदाता नामावलीमा दर्ता गराउने छ हजार हाराहारी १८ वर्ष नपुगेका रहेको उनले बताए  । सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरेसम्म नामावली दर्ता गराउनेक्रम जारी रहेन कार्यालयले जनाएको छ । गत मङ्सिर र पुसमा १५ दिनसम्म विशेष अभियान चलाउँदा दर्ता गर्न छुटेकाले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासनबाट नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो ।

बाहिरी जिल्लाबाट यस जिल्लामा मतदाता नामावली स्थानान्तरण गर्ने पनि बढेका छन् । करिब एक हजार २०० ले यसै जिल्लाबाट मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको उनले बताए  । बसाइँसराइ दर्ता नगराउँदा साविककै ठाउँमै पुगेर मतदान गर्दै आएकाले यसपालि मतदाता नामावली सार्न लागेका हुन् । जिल्लाबाट अन्यत्र बसाइसरी गएका २०० ले मात्रै मतदाता नामावली स्थानान्तरण गर्न निवेदन दिएको उनले जानकारी दिए ।  जिल्लामा अस्थायी बसोबास भएका (ओडिआर) एक हजार ३२८ ले नामावली दर्ता गराएका छन् । उनीहरु मतदान गर्न आफ्नै गृहजिल्ला जानुपर्ने कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending