Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

लाइबेरियामा प्रार्थनास्थलमा भागदौड हुँदा २९ जनाको मृत्यु

खबरडबली संवाददाता

मोन्रोभिया । लाइबेरियाको राजधानी मोन्रोभियामा भएको क्रिश्चियन प्रार्थना जमघटमा भएको झडपमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस सख्त घाइते भएकोले मृतक सङ्ख्या बढ्न सक्ने प्रहरीले बिहीबार जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकका सञ्चार माध्यमका अनुसार आक्रमण स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो ।

प्रहरी प्रवक्ता मोसेस कार्टरले एएफपीसँग भने, घटनामा २९ जनाको मृत्यु भएको छ भने भागदौडका क्रममा धेरै मानिसहरूको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या थप ‘बढ्न सक्ने’ देखिएको छ ।”

मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका उनले बताए। 

घटना कसरी सुरू भयो विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोन्रोभियाको मजदुर वर्ग बसोबास गर्ने ‘न्यू क्रू टाउन’ नजिकैको फुटबल ग्राउण्डमा लाइबेरियामा ‘क्रुसेड’ भनेर चिनिने इसाईहरूको प्रार्थनाको लागि जमघट भएको समयमा भागदौड मच्चिँदा ठूलो मानवीय क्षति भएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

यस्ता जमघटहरू सामान्यतया लाइबेरियामा हजारौं मानिसहरू भेला हुन्छन् । अधिकांश इसाइ धर्मावलम्बी रहेको लाइबेरियामा धर्मलाई विशेष महत्व दिने गरिन्छ । 

एक लोकप्रिय धर्मगुरू पास्चर अब्राहम क्रोमाको उपस्थितिमा न्यू क्रु टाउनमा दुई दिने प्रार्थना कार्यक्रमको आयोजना भएको र कार्यक्रममा ठूलो भीड भेला भएको सामाजिक सञ्जालहरूबाट सार्वजनिक तस्बीरहरूमा देखिएको छ । 

चक्कू तथा छुरी प्रयोग गर्ने डाँकूहरूले उपासकहरूलाई आक्रमण गरी तर्साएपछि भाडदौड मच्चिएको स्थानीय सञ्चार माध्यमले कार्यक्रमका सहभागीलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेका छन् । 

२६ वर्षीय प्रत्यक्षदर्शी इमान्यूयल ग्रेले एएफपीसँग आफूले घटनाको अन्ततिर ‘ठूलो आवाज’ सुनेको र धेरै मृत शरीर देखेको बताए । लाइबेरियामा मानव सिर्जित हिंसा, दुर्घटना र प्राकृतिक प्रकोप तुलनात्मक रूपमा सामान्य मानिन्छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार लाइबेरियाको मध्यभागमा आयोजित यस्तै प्रार्थना सभामा नोभेम्बर २०२१ मा भएको भागदौडमा दुई नाबालकको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । गत वर्षको जुलाईमा लाइबेरियाको तटीय क्षेत्रमा पानी जहाज दुर्घटनापछि १७ जना बेपत्ता भएका थिए । सन् २०२० को मे महिनामा उत्तरपश्चिमी लाइबेरियाली खानी विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

अफ्रिकाको सबैभन्दा पुरानो गणतन्त्र लाइबेरिया एउटा गरिब देश हो जहाँ सन् १९८९–२००३ सम्म भएको गृहयुद्धमा करीब दुई लाख ५० हजार मानिसको मृत्यु भएको थियो । सन् २०१४–२०१६ को पश्चिम अफ्रिका इबोला महामारीले पनि देशलाई तहसनहस पारेको थियो । 

विश्व बैंकका अनुसार लाइबेरियाको ४४ प्रतिशत जनसंख्याले सरदर प्रतिदिन १।९ अमेरिकी डलरभन्दा कम आय रहेको संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकले देखाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: