Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिम बीच भेट

रासस

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताउँनु भएको स्पुतनिकले जनाएको छ।

अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ। म तपाईंसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईंको धारणा जान्न चाहन्छु,ू स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। सो अवसरमा इरानी पक्षले भने मस्कोलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मस्कोमा भ्लादिमिर पुटिनसँगको वार्तापछि बुधबार सो कुरा उल्लेख गरेको  टास समाचार एजेन्सीले जनाएको छ ।

हामीले हाम्रा रुसी सहकर्मीहरूलाई हाम्रा देशहरू बीचको रणनीतिक सहयोगसम्बन्धी कागजात हस्तान्तरण गर्यौंि,ू  यसले कम्तिमा २० वर्षका लागि सहकार्यका सम्भावनाहरू निर्धारण गर्न सक्ने कुरामा विश्वासको वातावरण निर्माण गर्नेछ, रायसी भन्नुभयो ।

उहाँले तेहरान र मस्कोबीचको व्यापारको वर्तमान स्तर सन्तोषजनक नभएको भन्दै आर्थिक सहयोग बढाउन सुझाव दिनुभएको  थियो।

रायसी बुधबार औपचारिक भ्रमणका क्रममा मस्को पुग्नुभएको हो । इरानी राजनीतिज्ञले पदभार ग्रहण गरेपछि पुटिनसँगको यो पहिलो भेट हो। रायसीले बिहीबार रुसको स्टेट डुमा र मस्कोको क्याथेड्रल मस्जिदमा सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending