Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

आगामी दुई वर्षभित्र कम्युनिष्ट सम्मेलन हुने

खबरडबली संवाददाता
काठमाडौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ । नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलनमा समाहित गर्न सम्पूर्ण कम्युनिष्ट पार्टी, शक्ति र व्यक्ति व्यक्तित्वको संयुक्त आयोजनामा कम्युनिष्ट सम्मेलनको आयोजना हुने जनाएको हो । 
 
कम्युनिष्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिनेछ । उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टी बीचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ । यसका साथै सम्मेलन सफलताका लागि विभिन्न विभाग गठन गरिने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए । 
 
सम्मेलनमा राजनीतिक कार्यदिशा, समाजवादको चरण, रणनीति र कार्यनीति, सङ्घर्षका स्वरूप, सङ्गठनात्मक सिद्धान्त, पार्टी र सरकारको सम्बन्ध, शहीद, घाइते, अपाङ्ग एवं बेपत्ता योद्धा, पार्टी एकता धु्रवीकरण, विज्ञान प्रविधि, जनश्रम, शिक्षा स्वास्थ्य, रोजगार, पर्यावरण, नेतृत्व र उत्तराधिकारी विकास, नेता कार्यकर्ताको जीवनशैली, पार्टी र सरकारमा जनताको नियन्त्रण र निगरानी, इतिहास, जनदिशा, समाजवादी संविधान, देशभक्त वामपन्थी र प्रगतिशील संयुक्त मोर्चा र सरकारलगायतका विषयमा छलफल गरिनेछ । 
 
प्राप्त मस्यौदालाई संश्लेषित गर्दै नेपाल कम्युनिष्ट आन्दोलनको साझा घोषणापत्र विशाल आमसभाका साथ सार्वजनिक गरिनेछ । सम्मेलनको नारा ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आवश्यकता’ र ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणका लागि व्यापक जनसहभागिता’ तय गरिएको छ । 
 
आगामी दुई वर्षभित्र गरिने सम्मेलनमा अन्तक्र्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव सङ्कलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापन कार्यक्रम जस्ता विधि अपनाइनेछ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रश्न गर्ने सांसदलाई ‘फाइल खोल्ने’ चेतावनी दिनु संसदीय मर्यादाविपरीत : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा प्रश्न उठाउने सांसदप्रति अर्थमन्त्रीले प्रयोग गरेको अभिव्यक्तिलाई संसदीय मर्यादामाथिको अपमान भएको जनाएको छ। प्...

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन...

सुस्तामा एसएसबीको गतिविधिबारे संसदमा हर्क साम्पाङको प्रश्न: रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...

तोलामा ५ हजार ३ सय बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

करको दर विवादमा अर्थमन्त्री वाग्लेको बचाउमा रास्वपाका सांसद पराजुली र सुनार

काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...

हुम्लामा सडक खन्ने क्रममा स्काभेटर पल्टिँदा चालकको मृत्यु

हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...

गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending