Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आगामी दुई वर्षभित्र कम्युनिष्ट सम्मेलन हुने

खबरडबली संवाददाता
काठमाडौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ । नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलनमा समाहित गर्न सम्पूर्ण कम्युनिष्ट पार्टी, शक्ति र व्यक्ति व्यक्तित्वको संयुक्त आयोजनामा कम्युनिष्ट सम्मेलनको आयोजना हुने जनाएको हो । 
 
कम्युनिष्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिनेछ । उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टी बीचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ । यसका साथै सम्मेलन सफलताका लागि विभिन्न विभाग गठन गरिने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए । 
 
सम्मेलनमा राजनीतिक कार्यदिशा, समाजवादको चरण, रणनीति र कार्यनीति, सङ्घर्षका स्वरूप, सङ्गठनात्मक सिद्धान्त, पार्टी र सरकारको सम्बन्ध, शहीद, घाइते, अपाङ्ग एवं बेपत्ता योद्धा, पार्टी एकता धु्रवीकरण, विज्ञान प्रविधि, जनश्रम, शिक्षा स्वास्थ्य, रोजगार, पर्यावरण, नेतृत्व र उत्तराधिकारी विकास, नेता कार्यकर्ताको जीवनशैली, पार्टी र सरकारमा जनताको नियन्त्रण र निगरानी, इतिहास, जनदिशा, समाजवादी संविधान, देशभक्त वामपन्थी र प्रगतिशील संयुक्त मोर्चा र सरकारलगायतका विषयमा छलफल गरिनेछ । 
 
प्राप्त मस्यौदालाई संश्लेषित गर्दै नेपाल कम्युनिष्ट आन्दोलनको साझा घोषणापत्र विशाल आमसभाका साथ सार्वजनिक गरिनेछ । सम्मेलनको नारा ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि ऐतिहासिक कम्युनिष्ट सम्मेलनको आवश्यकता’ र ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणका लागि व्यापक जनसहभागिता’ तय गरिएको छ । 
 
आगामी दुई वर्षभित्र गरिने सम्मेलनमा अन्तक्र्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव सङ्कलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापन कार्यक्रम जस्ता विधि अपनाइनेछ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending