महोत्तरी । घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।
सत्तरी वर्षीय इस्लाम राइन भन्छन्, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पिसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुर भने, “बस्तीमा पिसीआर परीक्षण गरिँदा २०० हाराहारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो ।”
भङ्गाहा–४ कै महिला स्वास्थ्य स्वयंसेविका दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “रुघाखोकी बढेको हुँदा मान्छेको मन आत्तिएको हो, आत्मसंयम र उपचार भने गरिनुपर्छ ।” बस्तीमा रुघाखोकीका बिरामी बढेपछि घरघरै पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान स्वयंसेवी युवाले सल्लाह दिँदैछन् । “हामी स्वास्थ्य मापदण्ड निर्वाह गर्दै चिसो स्याँठबाट बच्न, काम नपरी घर बाहिर ननिस्कन, ताजा र झोलिलो खाना खान र स्वास्थ्य समस्या बढ्नासाथ स्वास्थ्यचौकी पुग्न घरघरै पुगेर सल्लाह दिइरहेका छौँ”, बस्तीका सामाजिक कार्यकर्ता नारायण दाहालले भने ।
जिल्लामा अहिले यो बस्तीमात्र नभएर सबैतिर रुघाखोकीका बिरामी बढेका छन् । खासमा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका जताततैका खबरले बस्तीमा चिन्ता छाएको देखिन्छ ।
जिल्लाका सबै भेगमा आमरुपमै रुघाखोकीका बिरामी बढेका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी बताउँछन् । “चिसो मौसमकै बीच कोरोना सङ्क्रमण बढेको हुँदा सचेतता त आवश्यक छ नै, आत्तिनुपर्ने अवस्था त छैन, तर स्वच्छ खानपिन र स्वच्छ आहारविहारमा सबैले ध्यान दिनैपर्छ”, कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भने, “अहिले जिल्लाका सबै स्वास्थ्यचौकी र अस्पतालमा खोप दिइँदैछ, आमरूपमा खोप लिन सबैलाई प्रोत्साहित गरिनपर्छ ।” यसबाहेक थोरै पनि स्वास्थ्यसम्बन्धी जटिलता देखिए तत्काल स्वास्थ्य संस्थामा बिरामी पुर्याउन पनि उहाँले सबैसँग अपिल गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: