काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९को सङ्क्रमणबाट जोगिन कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्यका मापदण्ड पालनाका साथै सचेतना पनि आवश्यक रहेको बताएका छन् । उनले कोभिड–१९ को नयाँ भेरियन्टले हाल जनस्वास्थ्यमा समस्या उत्पन्न गरेको उल्लेख गर्दै यसबाट बच्न कोभिड–१९ विरुद्धको खोप लगाउन, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्न, समय समयमा हात धुनेलगायतका सचेतनाको आवश्यकता औँल्याए ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज यहाँ आयोजित नवौँ बैठकमा प्रधानमन्त्री देउवाले कोभिड–१९को सङ्क्रमण रोकथामबारे जनतामा सचेतना जगाउन मिडियाको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गरे । उनले कोभिड–१९ बाट जोगिने सचेतनाबारे देशभरि अभियान चलाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै यसमा सहयोग गर्न सबै सङ्घसस्था तथा राजनीतिक दलहरुलाई आग्रह गरे । उनले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लागाउनुपर्ने देखिएको भन्दै त्यसका लगि आवश्यक प्रबन्ध गर्न निर्देशन दिए ।
कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट मृत्युदर कम भए पनि यो द्रूत गतिमा फैलिएकोप्रति सजग गराउँदै उनले भने, “खुला सिमानाबाट मानिसको आवतजावतले डरलाग्दो अवस्था आउन सक्छ, जनताको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य हो, यसमा सबै लागौँ ।” सिमानामा कोभिड–१९ को पर्याप्त मात्रामा परीक्षण गर्न र आवश्यक मात्रामा होल्डिङ सेन्टर तत्काल स्थापना गर्नुपर्ने बताउँदै उनले जनताको जीवन रक्षाका लागि आवश्यक मात्रामा कोभिड–१९ विरुद्धको बुष्टर डोज तत्काल खरिद गरी सहजताका साथ मुलुकभर वितरण गर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले केही महिनाअघि आएको बेमौसामी वर्षाले मुलुकभर भएको जनधनको क्षतिको आवश्यक राहत र क्षतिपूर्तिको काम हुन नसकेको बताउँदै त्यसमा ध्यान दिनसमेत सम्बन्धित निकायलाई निर्देशन दिए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का उपाध्याक्ष सुवास नेम्वाङले कोभिड–१९को रोकथाम र नियन्त्रणमा सरकारले थप सक्रिय भएर काम गर्नुपर्ने बताउँदै यसमा आफ्नो दलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिड–१९ विरुद्धको खोपको उचित व्यवस्थान गरी चाँडो भन्दा चाँडो सबै जनतालाई सहजरूपमा आवश्यक मात्रामा खोप लगाउन आग्रह गर्दै सिमानामा परीक्षण र होल्डिङ सेन्टरको पर्याप्त सुविधाको व्यवस्थापन गर्न, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिन, कोरोना बिमाको भुक्तानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले विपद्बाट क्षति भएका संरचनाको पुन:निर्माणको अवस्था बारे प्रस्तुति दिएको थियो भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कोभिड–१९को वर्तमान अवस्था र यसको रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका कामका बारेमा प्रस्तुुति दिएको थियो ।
कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका काम कारबाही र सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशमा कोभिड–१९को वर्तमान अवस्था र यसको रोकथाम तथा नियन्त्रणमा गरेका प्रयासबारे अवगत गराएका थिए । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, मुख्यसचिव शङ्करदास बैरागी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: