Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

खबरडबली संवाददाता

पर्वत । कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो । कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतबार पत्र जारी गर्दै जिल्लाका सबै विद्यालयलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन ध्यानाकर्षण गराएको हो । आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म बिदा दिने उक्त अवधिमा विद्यार्थी सिकाइका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ । 

बिदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पूर्ण खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ ।

 विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाइँ व्यवस्थापन गरी सञ्चालन गर्ने, माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सबैको खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रबन्ध शिक्षण संस्थाले मिलाउन पनि निर्देशनमा उल्लेख छ । अर्को सूचना नभएसम्म विद्यालयमा सभा समारोह नगर्नसमेत आग्रह गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending