न्यूयोर्क । रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् ।
रूसले विभिन्न बहानामा सैन्य कारबाहीहरू सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुसी अधिकारीले बताएका छन् ।
युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ । आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरूले उत्तेजित बनाएको बताइएको छ । मस्कोले यसअघि नै अत्याधुनिक हतियारसहित करिब एक लाख सेना युक्रेन पठाइसकेको आरोप यूरोपेली नेताहरूले बताउँदै आएका छन् ।
युक्रेनमा आधार दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक हुनुमा रुसकै संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ । आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनका अधिकारीहरूले दावी गरेका छन् ।
तर, रुसले उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिका र नाटोसम्बन्ध सेनाले भने रुसको सो कदमको विरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: