Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रिज्मा र प्रिन्सीसँग जाल बुन्दै दुई जुम्ल्याहा (भिडियाेसहित)

खबरडबली संवाददाता

काठमाडौं । संगीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा नयाँ लोक शैलीको गीत ‘जाल बुन्यो माकुरीले...’ बजारमा ल्याएका छन् । यो गीतलाई काठमाडौंमा एक मसारोहबीच शुक्रबार साँझ रिलिज गरिएको हो । 

यो गीतलाई शिब अधिकारीले लेखेका हुन् । जाल बुन्यो माकुरीलेमा संगीत विपिन घिमिरेको र संगीत संयोजन सञ्जय श्रीपालको रहेको छ । यो गीतको भिडियोमा दुई जुम्ल्याहा युवा युवतीको अभिनय रहेको छ । 

जुम्ल्याहा पुरुष मोडल अमर दाहाल, अमृत दाहाल, महिला मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय यसमा रहेको छ । गीतको भिडियोलाई केही रोचक बनाउन पनि आफुहरुले दुई जना जुम्ल्याहा जोडीलाई प्रस्तुत गरिएको गायक विपिनले बताएका छन् ।

लामो समयपछि आफुहरुले फेरीसँगै जोडीको रुपमा भिडियो गर्न पाउँदा जुम्ल्याहा मध्यका मोडल अमृत दाहालले भिडियो रिलिजका क्रममा बताए । आफुहरुको यो भिडियोमा निकै मेहनत गरेको उनीहरुको भनाइ थियो ।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको जाल बुन्यो माकुरीलेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । जसमा मान कृष्ण महर्जनको छायाँकन रहेको छ । गीतलाई राजेन्द्र मोक्तानले कलर करेक्सन गरेका हुन् । यो गीतको भिडियोलाई सुजाता केसीको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending