Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

वैकल्पिक महिला संगठन : महिलाका मुद्दामा केन्द्रित राजनीति गर्ने उद्घोष

खबरडबली संवाददाता

काठमाडौ । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले वैकल्पिक महिला सङ्गठन नामको नयाँ राजनीतिक महिला सङ्गठन घोषणा गरेका छन्। विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल(बाटो’ पक्षका नेताहरूले नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्।

महिला सङ्गठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन हुनुभएको छ। काठमाडौँका रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत सङ्घर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा पनि सक्रिय छिन्।

‘महिलाका मुद्दा बोक्ने राजनीति कसैले गरेनन्, त्यसैले महिला नै अघि सर्नुपर्छ’ भन्ने भावनाले वैकल्पिक महिला सङ्गठनको नेतृत्व लिएकी श्रेष्ठले यसअघि विभिन्न राष्ट्रिय(अन्तराष्ट्रिय संघसँस्थाहरुको नेतृत्व गरिसकेकी छिन्।  

समावेशितालाई महत्वका साथ अङ्गीकार गरिएको केन्द्रीय समितिको २५ सदस्यीय रहने छ। पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको छ।  पहिलो चरणको केन्द्रीय समितिमा संयोजक विद्या श्रेष्ठ महर्जनसँगै इन्दिरा शर्मालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ। चण्डिका तिमल्सिना र सोनिका लामालाई केन्द्रीय सदस्य र सल्लाहकारको जिम्मेवारी दिइएको छ। 

अन्य केन्द्रीय सदस्यहरूमा प्रतिभाञ्जली पोखरेल,  प्रेक्षा पण्डित, आशा ठाकुर, समा सिं महर्जन, आरती कुसवा,  निर्जला तामाङ, रबिना थापा, प्रीयंका मिश्र, मेनुका पौडेल, रीतु खड्का, विनीता चौलागाईं, रबिना दंगाल र नाबिता शर्मा छन्। बाँकी नामहरू र अन्य पदाधिकारीहरू दोस्रो चरणमा घोषणा हुनेछन्। 

महिलाहरूसँग सम्बन्धित नीति, कार्यक्रम र समस्याको समाधानबारे बहस चलाउने तथा वैकल्पिक राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता र अग्रणी नेतृत्व स्थापित गर्ने वैकल्पिक महिला संगठनको मूल ध्येय हुनेछ। 

राजनीतिक दलहरुको मूल पदाधिकारी तथा राज्यका अन्य निकायहरुमा कम्तिमा ५०५ महिला सहभागिता सुनिश्चित गराउन, संवैधानिक रुपमै आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन गराउन, लैंगिकताका आधारमा हुने घरेलु, कार्यस्थल तथा सार्वजनिक स्थानहरुमा हुने हिंसा र विभेदविरुद्ध सशक्त रुपमा उभिएर महिलामैत्री समतामूलक समाज निर्माणमा योगदान गर्ने संगठनको उद्देश्य रहनेछ। 

विवेकशील आन्दोलनले सुरु गरेको आशाको राजनीति जोगाइराख्न र अझ सशक्त ढङ्गले महिला तथा युवा केन्द्रित समावेशी, गतिशील वैकल्पिक राजनीतिलाई अघि बढाउन वैकल्पिक महिला सङ्गठनको घोषणा भएको संयोजक श्रेष्ठको भनाई छ।

नव गठित संठनकी केन्द्रीय सदस्य सोनिका लामाले हालको वैकल्पिक राजनीतिको बहसले महिलाका सपनाहरू सम्बोधन गर्न नसकेकाले त्यसको परिणाम स्वरूप महिलाहरूले आफ्नो बाटो आफै खन्ने तय गरेको बताइन्। कोभिडको सन्त्रास सकिए लगत्तै छिट्टै काठमाडौँमा एक कार्यक्रम मार्फत सङ्गठनका थप रणनीति र कार्य योजना सार्वजनिक गरिने लामाले बताइन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...

भारी हिमपात हुँदा माथिल्लो मुस्ताङको जनजीवन कष्टकर

मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...

संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च जाँदै कांग्रेसका निवर्तमान सांसद

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...

एमालेले थाल्यो घोषणा पत्रका लागि सुझाव संकलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...

बदलिरहन्छ कास्की-१ काे परिणाम, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा

कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...

कमला नदीमा अस्थायी ‘डाइभर्सन’, चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending