वीरगञ्ज । यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको हत्या भएको अनुसन्धानपश्चात खुल्न आएको हो । आपसी झगडा हुँदा फलामको रिन्चले टाउकामा प्रहार गरेर मियाँको हत्या गरिएको प्रहरीले जनाएको छ ।
मियाँको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहारको पूर्वी चम्पारण, मोतीहारी–६ घर भई हाल वीरगञ्ज छप्कैया बस्ने ई–रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका–५ बस्ने निकेश पटेल, बिहारको मुङ्गेरका घर भई वीरगञ्ज छप्कैया बस्ने सपन मण्डल, भारत बिहार घर भई वीरगञ्ज छप्कैया बस्ने नाजिर हुसैन र छप्कैया बस्ने बाबर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अनुसन्धानका क्रममा मियाँको हत्या भएको खुल्न आएको र हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको बताए। मृतक मियाँ र पक्राउ परेका मण्डल एउटै घरमा डेरा गरी बस्दै आएका थिए ।
उनीहरुबीच केही दिनअघि झगडा भएपछि मण्डलले मियाँको हत्या गरी फालिदिने भनी धम्की दिएका थिए । मण्डलले सुनिललाई भेटी मियाँको हत्या गर्न रु ५० हजार दिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । मियाँको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिए पनि एक जना भारतीय नागरिक फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - ०९:३८
बागलुङ । आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालम...
मंसिर २४ गते, २०८१ - ०९:३४
झापा । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि दिनभर व्यस्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजना उद्घाटनदेखि बृहत् ...
मंसिर २४ गते, २०८१ - ०९:०९
काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस असदको सत्ताको प्रमुख साझेद...
मंसिर २४ गते, २०८१ - ०८:५४
म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार ...
मंसिर २४ गते, २०८१ - ०८:४६
सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमप...
मंसिर २४ गते, २०८१ - ०७:४४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ। ...
मंसिर २४ गते, २०८१ - ०७:३४
काठमाडौँ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानीमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ यही मङ्सिर २४ देखि २७ गत...
मंसिर २४ गते, २०८१ - ०७:३०
काठमाडौँ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन...
मंसिर २४ गते, २०८१ - ०७:२७
सर्लाही । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्...
मंसिर २४ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू(भागम...
प्रतिकृया लेख्नुहोस्: