धनुषा । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ ।
मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेर गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिए । तर गत आव २०७७/७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो ।
कम्पनीले अहिले रु दुई हजार ९०० का दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल रु दुई हजार २०० देखि रु दुई हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि तछाडमछाड गरेका छन् ।
यता कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसानबीच आफ्नो धान बेच्नका लागि हौसिएका छन् । कम्पनीका प्रमुख लिम्बूले भने, “निजीस्तरभन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानबीच तछाडमछाड भएको छ ।” उनले सबै किसानको धान बिक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्विन्टलका दरले खरिद गर्ने नीति लिएको जानकारी दिए । तर यसरी अुनपातमा कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाका ३५० किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकाले टोकन लिनका लागि अहिले किसानबीच व्यापक भीड बढेको हो ।
प्रमुख लिम्बूले भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मेहम्मे परेको बताए । उनले बुधबार भीड नियन्त्रण गर्नका लागि प्रहरी बोलाउनुपरेको बताए । उनले प्रहरी आउन ढिलो भएपछि करिब एक घण्टासम्म कार्यालय परिसर अस्तव्यस्त बनेको बताउ ।
अहिले कोरोना सङ्क्रमण फैलिरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था रहेको तर किसानले आफ्नो धान छिटो बेच्नका छिटोभन्दा छिटो टोकन लिने प्रयास गर्दा भीड अनियन्त्रित भई होहल्ला हुने गरेको छ । बुधबारसम्ममा जिल्लाका २०० किसानले टोकन लिइसकेको कार्यालय प्रमुख लिम्बूले बताए ।
लक्ष्मीनियाँ गाउँपालिकाका किसान लक्ष्मेश्वर यादवले निजीस्तरका उद्योगी व्यापारीभन्दा यसपटक सरकारले धान खरिद गर्ने मूल्य केही बढाइदिएकाले किसानलाई ठूलो राहत भएको बताए । यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएको हुँदा प्रत्यक्षरूपमा किसानसँग धान खरिद गर्दा मिसावट नहुने भएकाले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरिएको जनाएको छ ।
यद्यपि सीमित स्रोतका आधारमा ३५० बाहेकका किसानका लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले जनाएको छ । गोदामको अभाव, व्यवस्थापन गर्न नसकिने भएकाले कार्यालयले लक्ष्यअनुसारको धानमात्रै खरिद गर्ने गरेको प्रमुख लिम्बूले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: