Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

खबरडबली संवाददाता

गण्डकी । तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुगिन् । सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुग्नुभएकी उहाँ अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो ।

 केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी लाइनमा बस्नुभएकी उहाँ मन्दिर परिसरमा पुगेपछि पनि दुई घण्टा भन्दा बढी लाइनमा बिताउनुप¥यो । विगतमा जस्तै अहिले पनि दर्शनार्थीको उस्तै भीडभाड देखिएको उनको अनुभव छ । मनको कामना पूरा गर्ने देवीका रुपमा प्राचीन कालदेखि पूजाआजा हुँदै आएको मनकामना मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् । 

गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर यस क्षेत्रको एउटा जीवन्त इतिहास पनि हो । नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा ख्याती कमाएको यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने जनविश्वास छ । 

विभिन्न मनोकांक्षासहित भाकल गरी शुभ साईत र तिथिमा यहाँ दर्शनार्थी आउने गरेको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।मनकामना उत्पत्ति सम्बन्धमा अनौंठो किंबदन्ती छ । किंबदन्ती अनुसार गोरखाका राजा राम शाहकी रानी महीमावती९लीलावती०ले देहत्याग गरेपछि मनकामना देवीका रुपमा कफेक डाँडामा शक्तिरुपाको रुपमा उत्पन्न भई लखन थापाले पूजा गरेको किम्बदन्ती पाइन्छ ।

 मनकामना माता रहेकोस्थलमा हलो जोत्दा ढुङ्गा बीचबाट दूध र रगत निस्कियो । ढङ्गाबाट दूध जस्तो सेतो र रगत जस्तो रातो पदार्थ निस्कँदा गाउँलेहरू अचम्म मान्दै गाउँमा हल्ला भयो । त्यसै रातमा लखन थापालाई सपना भयो । म देवीका रुपमा शिला भई प्रकट भएकी छु । राम्रो विधिले पूजा गरे सबैको मनोकांक्षा पूरा गर्नेछु भन्ने आज्ञा भएपछि सिद्ध लखन थापाबाट आफ्नो ज्ञानबाट देवीको आह्वान गरी देवीलाई शान्त बनाइ त्यस स्थललाई गाउँलेको सहयोगमा चौघेरा लगाइ संरक्षण गरे । त्यसपछि राज्यलाई जाहेर गरी देवलको रुपमा मन्दिर स्थापना गरी पूजाको सुरुआत गर्नुभयो । त्यसैले त्यहाँदेखि नै लखन थापाका सन्तानका रुपमा थापा मगरबाट मन्दिरको पूजा गरिँदै आइएको छ ।

मन्दिर आसपासमा १५ भन्दा बढी देवीदेवताका मन्दिर रहेका छन् । तीमध्येको एउटा हो वङकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पूर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा अपाङ्गता तथा अशक्त बालबालिकालाई दर्शन गराएमा उनीहरूकोे बोली फुट्ने र हातखुट्टा बलियो हुने जनविश्वास छ ।

मन्दिरमा नित्य पूजा बिहान ७ बजे र साँझ ६बजे गरिन्छ । भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणको लागि बलि र पूजा सुरु गर्ने प्रचलन छ । यस मन्दिरलाई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा लिइन्छ । 

यस स्थानको अवलोकनका लागि अन्य धमार्नवलम्बीका साथै विदेशी पर्यटक पनि पुग्ने गरेका छन् । देशका विभिन्न स्थानबाट आई घन्टौँसम्म लाइनमा उभिएर दर्शन गर्ने भएकोले पनि यसको गरिमा र महत्व अझै बढाएको छ । मन्दिरभित्रको गर्भगृहमा गणेश, भैरव, मनकामना, कुमारी, अष्टमातृका, चामुण्डा, क्षेत्रपाल९वेताल० को शिला रहेको छ । 

यस मन्दिरमा विशेषतः अष्टमीका दिनमा बलि चढाउने गरिएको समितिका अध्यक्ष जोशीले जानकारी दिए ।मन्दिरमा दर्शनका लागि पैदल मार्ग, सवारीसाधन वा केबुलकारको प्रयोग गर्न सकिन्छ । पदयात्रा गरी मन्दिर पुग्न चाहनेले पृथ्वीराजमार्गको आँबुखैरेनीहुँदै करिब तीन चार घण्टा हिँडेर मनकामनासम्म पुग्न सकिन्छ भने सवारीसाधनमार्फत करिब ४५ मिनेटमा मन्दिरमा पुग्न सकिन्छ ।

 त्यस्तै पृथ्वी राजमार्गको चेरेसबाट केबुलकार चढी १५ मिनेटमा मनकामना मन्दिर पुग्न सकिन्छ । केबुलकार चढ्नका लागि सर्वसाधारणका लागि टिकट दस्तुत ६७५ रुपैयाँ निर्धारण गरिएको छ, भने विद्यार्थीका लागि ५४५ रुपैयाँ निर्धारण गरिएको छ । मनकामना केबुलकार दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनका अनुसार केबुलकारबाट चाप हुँदाका दिनमा दैनिक चार हजार जनासम्म आवतजावत गर्ने गरेका छन् ।

नेपालकै पहिलो केबुलकारका रुपमा परिचित यसको कूल दूरी ३।०२ किलोमिटर छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा रहेको यो मन्दिर पोखरीथोक बजारदेखि १२ किलोमिटर दक्षिण, तनहुँको आँवुखैरेनीदेखि पाँच किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा रहेको छ । समुद्री सतहदेखि एक हजार ३०३ मिटर उचाइमा रहेको यस मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपूर्ण, हिम्चुली र मनास्लु हिमालका थुम्का नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ । यो ठाउँ सूर्योदय र सूयास्तका लागि पनि आकर्षक गन्तव्य हो ।

मन्दिर परिसरमा रहेको विशाल चाँपको रुख यहाँको अर्को विशिष्टता हो । चार शताब्दी पुरानो यो रुखबाट कडा बास्ना आउने र यहाँको सुगन्ध लमजुङसम्म पनि पुग्ने स्थानीयवासी बताउछन् । हुरी, बतास आउदा धेरैपटक रुखका हाँगा भाँचिए पनि हालसम्म कुनै मानवीय तथा भौतिक नोक्सानी नभएका कारण यस रुखमा पनि देवीको बास भएको स्थानीयवासीको विश्वास छ ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको मन्दिर गत भदौदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको समितिका अध्यक्ष जोशीले जानकारी दिए। मन्दिरभित्र दर्शनार्थीले चढाउने भेटिघाटी पुजारीले नै उठाउने र बाहिर समितिलाई प्राप्त हुने दान सहयोग तथा दान पेटिकामा आउने सहयोग समितिले व्यवस्थापन गर्दै आएको उनले बताए । 

पाँच सय भन्दा बढी रकम सहयोग गर्नेलाई समितिका तर्फबाट सहयोग रसिद उपलब्ध गराउने गरिएको कर्मचारी सन्तोष क्षेत्रीले जानकारी दिनुभयो । ऐतिहासिक मन्दिर १९९० सालको महा भूकम्पको धक्काको प्रभावसँगै समय समयमा जीर्ण हुँदै गएका अवस्थामा २०६६ सालमा मनकामना क्षेत्र विकास समितिले मन्दिरको अवस्था अध्ययन गर्न समिति गठन गरेको थियो ।

 अध्ययनबाट मन्दिरका काठ जीर्ण भएको, भित्र गारोमा काँचो इँटाको प्रयोग भएको, अधिकांश चुकुल नट भाँचिएको भन्दै जीर्णेद्धार गर्नुपर्ने निष्कर्ष निकालेको थियो । जीणेद्वारका लागि २०६८ असोज ९ गते नरेन्द्रबाबु श्रेष्ठको संयोजकत्वमा मनकामना मन्दिर जीर्णेद्वार समिति गठन गरी २०६८ चैत २२ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट जीर्णेद्वार कार्य सुरु गरिएको थियो । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले अझ बढी क्षति भएकोमा पश्चिमतर्फ केही भाग भत्कन गई ढल्ने अवस्थामा पुगेपछि पुरातत्व, सुरक्षा निकाय, स्थानीयवासीको सहयोगमा तत्काल टेका दिइयो भने २०७२ जेठ २५ गते गजुर पूजा गरी मन्दिर खोल्ने काम सुरु गरियो । धार्मिक, सांस्कृतिक मान्यतालाई जीवन्त राख्न २०७१ फागुन १५ गते काठमाडौं झःबहालका बज्राचार्यबाट क्षमा पूजाको काम सम्पन्न भइसकेको अवस्थामा २०७२ असार २५ गते पुरातत्वका प्राविधिक, सुरक्षा निकाय र स्थानीयवासीको निगरानी तथा सहयोगमा मन्दिर भत्काउने काग गरिएको थियो ।

 २०७२ साउन ६ गते गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिमल्सिनाबाट जग पूजा गरी शिलान्यास गरिएको मन्दिर सरकारको रु चार करोड तथा श्रद्धालु भक्तजनको सहयोगमा करिब १५ करोडको लागतमा पुनःनिर्माण गरिएको छ । मन्दिरको छानोमा करिब १८÷१९ किलो सुनको जलप लगाइएको जानकारी दिँदै समितिका अध्यक्ष जोशीले जीर्णेद्वारले मन्दिरकोस्वरुप थप सुन्दर देखिएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाएको छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...

कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग, साधारण सदस्यका रूपमा रहने घोषणा

काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...

रास्वपा महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान, विद्युतीय मेसिनबाट मतदान गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत बनाइने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुन: आवेदन खुला

काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...

मिदिम खोलाको किनारमा ४० वर्षीय पुरुष मृत फेला

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...

लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending