Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सेना र चुनदेवी माध्यमिक विद्यालयद्वारा सरसफाइ र खाद्यान्न वितरण

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका, मातातीर्थस्थित वृद्धाश्रमको सरसफाइ गरेको छ। 

नेपाली सेनाको उपत्यका तालिम शिक्षालय–पानीघाट र चुनदेवी माध्यमिक विद्यालयको संयुक्त आयोजनमा कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामाले जानकारी दिए।

कार्यक्रममा उपत्यका शिक्षालयबाट प्रमुख सेनानी ज्योतिकुमार थापा, सहसेनानी शिव थापा, चुनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामासहित चुनदेवी माविको सि.सं. ४७ जुनियर डिभिजन ९राष्ट्रिय सेवा दल० का छात्र छात्राको उपस्थिति थियो। 

कार्यक्रममा  उपत्यका शिक्षालयका तर्फबाट मातातीर्थ वृद्धाश्रमका लागि खाद्यान्न सहयोग समेत वितरण गरिएको थियो। 

पृथ्वी जयन्तीको अवसरमा पृथक् तरिकाबाट समाजलाई सहयोग गरी सभ्य समाज निर्माणमा सबैलाई प्रोत्साहन गर्नु सबैको कर्तव्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी ईश्वर लामाले बताए।

सेवालाई धर्म मान्दै सामाजिक सद्भाव र सहयोगमा आफ्नो योगदान रहने नेपाली सेनाको उपत्यका तालिम शिक्षालयले प्रतिबद्धता व्यक्त गरेको छ।

सरसफाइ र खाद्यान्न सहयोगको कदर गर्दै मातातीर्थ वृद्धाश्रमका कार्यालय प्रमुख राम थापाले स्थानीय निकाय र सरकारका तर्फबाट आफ्नो संस्थालाई कुनै सहयोग नभएको गुनासो गरे। कुल ५० जनाको क्षमता भएको आश्रममा हाल २३ जना आमा बस्दै आएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: