काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका, मातातीर्थस्थित वृद्धाश्रमको सरसफाइ गरेको छ।
नेपाली सेनाको उपत्यका तालिम शिक्षालय–पानीघाट र चुनदेवी माध्यमिक विद्यालयको संयुक्त आयोजनमा कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामाले जानकारी दिए।
कार्यक्रममा उपत्यका शिक्षालयबाट प्रमुख सेनानी ज्योतिकुमार थापा, सहसेनानी शिव थापा, चुनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामासहित चुनदेवी माविको सि.सं. ४७ जुनियर डिभिजन ९राष्ट्रिय सेवा दल० का छात्र छात्राको उपस्थिति थियो।
कार्यक्रममा उपत्यका शिक्षालयका तर्फबाट मातातीर्थ वृद्धाश्रमका लागि खाद्यान्न सहयोग समेत वितरण गरिएको थियो।
पृथ्वी जयन्तीको अवसरमा पृथक् तरिकाबाट समाजलाई सहयोग गरी सभ्य समाज निर्माणमा सबैलाई प्रोत्साहन गर्नु सबैको कर्तव्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी ईश्वर लामाले बताए।
सेवालाई धर्म मान्दै सामाजिक सद्भाव र सहयोगमा आफ्नो योगदान रहने नेपाली सेनाको उपत्यका तालिम शिक्षालयले प्रतिबद्धता व्यक्त गरेको छ।
सरसफाइ र खाद्यान्न सहयोगको कदर गर्दै मातातीर्थ वृद्धाश्रमका कार्यालय प्रमुख राम थापाले स्थानीय निकाय र सरकारका तर्फबाट आफ्नो संस्थालाई कुनै सहयोग नभएको गुनासो गरे। कुल ५० जनाको क्षमता भएको आश्रममा हाल २३ जना आमा बस्दै आएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: