Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

सामाजिक मन्त्रालयद्वारा सेवा करारका लागि कर्मचारी विज्ञापन

Krishi bikash bank
खबरडबली संवाददाता

सुर्खेत । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । 

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । 

मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए। 

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अस्पताल र लोकसेवा आयोगबाट पदपूर्तिका लागि स्थायी कर्मचारी सिफारिस भई आएका स्वतः नरहने शर्त राखेर विज्ञापन गरिएको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार सेवा करारका लागि १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ । 

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, सातौँ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । उनीहरुको पारिश्रमिक तथा सेवा शर्तहरु कर्णाली प्रदेश सरकारको नियमानुसार हुने जनाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हर्क साम्पाङ् जसले धरानको तिर्खा मेट्ने लक्ष्य राखेका छन्

'वर्षौँदेखि दलका नेताहरूले आश्वासन पूरा नगरेपछि धरानवासीले विकल्प खोजे'

बालेनलाई बधाई छ अब एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ : करिश्मा मानन्धर

'नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष'

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुर । यहाँको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् ...

काठमाडौंमा बालेन र सुनिताको जित सुनिश्चित

बालेन २१ र सुनिता ४४ हजार मतान्तरले अगाडि

दैलेख बस दुर्घटनामा ४ को मृत्यु, ३९ घाइते

दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन्। ...

काठमाडौंमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट तीनदिन कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न...

सरकारकोे नीति तथा कार्यक्रममाथि आजबाट संसदमा छलफल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ ।  संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रध...

बालेनको प्रतीक्षामा पुर्ख्यौली थलो

काठमाडौं । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी स...

अमेरिकामा हजुरआमालाई गोली हानेपछि बन्दुकधारीबाट २१ को हत्या

विद्यालयमा आक्रमण गर्न लागेको गरेका थिए घोषणा

पहुँचका भरमा जहाजको टिकट वितरण

जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page