Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ओमिक्रोनको त्रास : सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

नाकाबाट भित्रिएका १२ व्यक्तिमा ओमिक्रोनको आशंका

खबरडबली संवाददाता

सुदूरपश्चिम । पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन् । 

गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिनुभएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरुले हैरानी खेप्नुपरेको बताउनुभयो । 

‘नाकामै गरिएको नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महाराष्ट्रबाट आएका एक नेपालीलाई सम्झाइबुझाई आइसोलेसनमा पठाउने प्रयास गर्यौं,’ उनले भने, ‘तर निजले आफू कुनै हालतमा आइसोलेसनमा बस्न नजाने, बरु आफूमाथि गोली ठोक्न चुनौती दिँदै धम्क्याए ।’ 

खुला सीमाका साथै भित्रिने नागरिकबाट भइरहेको व्यवहारबाट कोरोना सङ्क्रमण रोकथाम निकै चुनौतीपूर्ण बनेकाले यो रोगको रोकथामका लागि नाका नै बन्द गर्न आवश्यक देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीको सुझाव छ । 

एक कर्मचारीले गुनासो गरे, ‘मन्त्री, नेताहरु आएर आफूहरुलाई निर्देशन दिएर जान्छन्, सीमामा खटिएका प्रहरी र अन्य कर्मचारीले भोगेको पीडा बुझ्दैनन् ।’ भित्रिने नागरिकलाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएकामा पछिल्ला दिनमा भित्रिने कतिपयलाई होम आइसोलेसनमा समेत पठाउने थालिएको छ । भित्रिने धरै नागरिकलाई सम्बन्धितका अभिभावकको जिम्मा लगाएर सुरक्षितरूपमा होम आइसोलेसनमा पठाउने गरिएको छ ।

कोरोनाको जोखिम बढे पनि सीमापारि भारतको गौरीफन्टा नजिकको वनगाउँ, पलियालगायतका बजारमा किनमेल गर्न जानेहरु घटेका छैनन् । उनीहरुको नमूना परीक्षणसमेत हुने गरेको छैन । जसका कारण यो रोगको सङ्क्रमण रोकथाममा थप चुनौती देखिएको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको बढी समस्या देखिएको भारतबाट सीमा नाका हुँदै भित्रिनेको सङ्ख्या बढ्दै जाँदा उनीहरुको सहज व्यवस्थापन गर्न चुनौती देखिएको हो ।  

भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतता अपनाइएको भए पनि कतिपय व्यक्ति नमूना परीक्षण नगरी कर्मचारी र प्रहरीलाई छलेर भित्रिने गरेका पनि छन् । त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भने, ‘नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ ।’

यो नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत भइरहेको नमूना परीक्षणमा दैनिक दश प्रतिशतका दरले कोरोना पोजिटिभ बिरामी थपिँदै जाँदा सङ्क्रमण दर पनि उकालो लागेको छ ।  साउदले भने, ‘यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक दश प्रतिशतका दरले सङ्क्रमित थपिने गरेका छन् ।’  लुकीछिपी भित्रिनेबाट यो रोगको जोखिम थप बढ्ने देखिएको छ । यो नाकाबाट भित्रिएका १२ व्यक्तिमा ‘ओमिक्रोन’ कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि सङ्कलित नमूना काठमाडौँ पठाइएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिएको भारतबाट सुदूरपश्चिम प्रदेशको त्रिनगर सीमा नाका (गौरीफन्टा), गड्डाचौकी, बैतडी र दार्चुला जिल्लाका सीमा नाका हुँदै फर्किने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ । सदियौँदेखि सुदूरपश्चिम प्रदेशका नागरिकको मुख्य रोजगारी गर्न जाने देश भारत हो । खुला सीमा भएकै कारण अन्य विभिन्न नाकाबाट भइरहेको मानिसको आवागमनको निगरानी राखेर उनीहरुको नमूना परीक्षण गर्ने कामसमेत चुनौती देखिएको जनाइएको छ ।

जोखिम बढे पनि रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, भीडभाड नगरी सामाजिक दूरी कायम राख्ने काममा नागरिकबाट लापर्बाही भइरहेको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन् ।   

यसै बीच स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप १९४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।  सोमबार १५९ व्यक्तिमा यो रोगको सङ्क्रमण भएको थियो । गएको २४ घण्टामा सङ्क्रमित पाँच जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending