काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा एपीएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो ।
यस जितसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो । बागमती र प्रदेश नं २ को समान दुई/दुई अङ्क छ । बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ भने बागमतीले प्रदेशले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाए । एपीएफका लागि लोकेश बमले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलको सामना गदै १० चौका र एक छक्काको मद्दतमा ५० रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ३६ रन जोड्दै अविजित रहे ।
बलिङतर्फ बागमती प्रदेशका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो । बागमती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए ।
एपीएफका अविनास बोहराले सर्वाधिक ४ विकेट लिए भने कमल ऐरीले दुई विकेट हात पारे । त्यस्तै शरद् भेषवाकर र किशोर महतो एक/एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १३:५९
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोज...
श्रावण १२ गते, २०८३ - १३:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज केन्द्रित विवादपछि उत्पन्न तनाव थप चर्किएको छ। मंगलबार प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड,...
श्रावण १२ गते, २०८३ - १३:४३
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अ...
श्रावण १२ गते, २०८३ - १३:३३
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्...
श्रावण १२ गते, २०८३ - १३:२४
काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संश...
श्रावण १२ गते, २०८३ - ११:५९
रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...



प्रतिकृया लेख्नुहोस्: