Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आँबुखैरेनीमा चितुवाको त्रास बढ्यो

खबरडबली संवाददाता

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । 

चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको  नवराज मिश्रले जानकारी दिए ।

“राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास बढेको छ,” उनले भने, “रातिको समयमा घर बाहिर निस्कने अवस्था नै छैन ।” बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा पनि स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी चितुवाले मारेको छ । चितुवाको त्रासले रातको समयमा एक्लै घर बाहिर निस्कने डर हुने गरेको स्थानीयवासी बताउछन् ।आहाराको खोजीमा चितुवा घर आँगनमा आउने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा विगत केही वर्षदेखि चितुवाको त्रास हुँदै आएको छ । आँबुखैरेनी, भानु, बन्दीपुरलगायत क्षेत्रमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनाका साथै  केही घाइते भएका थिए । 

वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिले चितुवाकोे प्रजननको समय भएकाले यसले मानिस र अन्य जनाबरमाथि आक्रमण गर्न सक्ने जनाउँदै डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट सचेत र सतर्क रहन  आग्रह गरेको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने र जङ्गली जनावर मारेर खाइदिने गरेकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सके यसबाट बच्न सकिन्छ ।”

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुनथालेको उनले बताए  । कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउन, र गोठ बलियो निर्माण गर्न सुझाउँदै  आएको छ । विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending