Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

पहिलो पटक सुंगुरको मुटु मानिसमा प्रत्यारोपण (भिडियोसहित)

खबरडबली संवाददाता

काठमाडौं । एक अमेरिकी व्यक्तिलाई सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ। उनी सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।

बाल्टिमोरमा सात घण्टा लामो प्रयोगात्मक प्रक्रियापछि ५७ वर्षीय डेभिड बेनेट तीन दिनपछि निको भएको चिकित्सकहरूले बताएका छन् ।

यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम आशा थियो। यद्यपी उनीहरुको बाँच्ने सम्भावना कति समयसम्म रहन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

बेनेटले शल्यक्रियाको अघिल्लो दिन भनेका थिए, ‘यो प्रत्यारोपण बाँच्न वा मर्नु जस्तै हो’ उनले भने, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो, तर यो मेरो अन्तिम मौका हो।’

यदि बेनेटले यो शल्यक्रिया नगरेको भए उनको मृत्यु हुने थियो, यसै आधारमा युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरूलाई अमेरिकी स्वास्थ्य नियामकले यस प्रक्रियामा विशेष छुट दिएको थियो।

यो प्रत्यारोपण गर्ने चिकित्सा टोलीले धेरै वर्षको अनुसन्धानको आधारमा गरेको हो, जसले विश्वका धेरै व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ।

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनले शल्यचिकित्सक बार्टले पी. ग्रिफिथलाई उद्धृत गर्दै एक विज्ञप्तिमा शल्यक्रियाले विश्वलाई ‘अंगको अभावको संकट समाधान गर्न एक कदम नजिक ल्याएको’ बताएको छ।

अमेरिकामा प्रत्यारोपणको पर्खाइमा रहेका हरेक दिन १७ जनाको मृत्यु हुने गरेको छ भने १ लाखभन्दा बढी व्यक्ति प्रत्यारोपणको प्रतीक्षा सूचीमा छन् ।

यो खाडल भर्नका लागि जनावरका अंगहरू प्रयोग गर्ने सम्भावना लामो समयदेखि खोजी भइरहेको छ। सुँगुरको मुटुको भल्भको प्रयोग अहिले सामान्य भएको छ।

अक्टोबर २०२१ मा, न्यूयोर्कका शल्यचिकित्सकहरूले घोषणा गरे कि उनीहरूले सफलतापूर्वक एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेका थिए। त्यो समयमा यो अपरेशन यस क्षेत्रमा सबैभन्दा उन्नत प्रयोग थियो।

तर, त्यतिबेला जसमा प्रत्यारोपण गरिएको थियो, उनको ब्रेन डेड भइसकेको र निको हुने आशा थिएन ।

हेर्नुहाेस् भिडियाे:

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending