नयाँ दिल्ली । भारतका रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ।
सामान्य लक्षण देखिएको र शङ्का लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बस्नु भएको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
‘मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु’ ट्वीटरमा लेखेका छन्।
रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन्।
उनले पछिल्लो समय यही जनवरी ८ तारिखका दिन सैनिक विद्यालयमा महिला सैनिकहरु भर्ना भएकोसम्बन्धी एउटा वेविनारमा सम्बोधन गरेका थिए।
बढे संक्रमित
भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्कले देखाएको छ ।
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
अघिल्लो दिनको तुलनामा १३.२९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म चार हजार ३३ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन् । मन्त्रालयका अनुसार महाराष्ट्रमा एक हजार २१६, राजस्थानमा ५२९ र दिल्लीमा ५१३ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमितमध्ये एक हजार ५५२ जना भने अहिले सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । भारतमा अहिले कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको छ ।
भारतमा पछिल्लो एक दिनमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । सन् २०२१ को जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - ०९:४०
काठमाडौं । त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि...
चैत्र १ गते, २०८२ - ०९:३४
चितवन । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि ...
चैत्र १ गते, २०८२ - ०९:३१
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क...
चैत्र १ गते, २०८२ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ। निर्वाचन आयोगले तीन दिनभित्र सम...
चैत्र १ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिध...
चैत्र १ गते, २०८२ - ०७:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि...
चैत्र १ गते, २०८२ - ०७:४५
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त ...
चैत्र १ गते, २०८२ - ०७:४१
म्याग्दी । २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठू...
चैत्र १ गते, २०८२ - ०७:३७
गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंद...
चैत्र १ गते, २०८२ - ०७:३१
कास्की । जिल्ला प्रशासन कार्यालयले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने एक ग्यास डिलरलाई ५० हजार जरिवाना गरेको छ । बजार अनुगमनका ...


प्रतिकृया लेख्नुहोस्: