नयाँ दिल्ली । भारतका रक्षा मन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ।
सामान्य लक्षण देखिएको र शङ्का लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उनमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बस्नु भएको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
‘मलाई आज कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ, सामान्य लक्षण पनि देखिएको छ, त्यसैले म अहिले घरमै एकान्तबासमा रहेको छु’ ट्वीटरमा लेखेका छन्।
रक्षा मन्त्री सिंहले हालै आफूसँग सम्पर्कमा रहेकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन्।
उनले पछिल्लो समय यही जनवरी ८ तारिखका दिन सैनिक विद्यालयमा महिला सैनिकहरु भर्ना भएकोसम्बन्धी एउटा वेविनारमा सम्बोधन गरेका थिए।
बढे संक्रमित
भारतमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्कले देखाएको छ ।
सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा एक लाख ७९ हजार ७२३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
अघिल्लो दिनको तुलनामा १३.२९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म चार हजार ३३ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिएका छन् । मन्त्रालयका अनुसार महाराष्ट्रमा एक हजार २१६, राजस्थानमा ५२९ र दिल्लीमा ५१३ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमितमध्ये एक हजार ५५२ जना भने अहिले सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । भारतमा अहिले कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको छ ।
भारतमा पछिल्लो एक दिनमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । सन् २०२१ को जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: