Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

आज पृथ्वीजयन्ती : जसले गरेका थिए पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म सीमा विस्तार

खबरडबली संवाददाता
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । 
 
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । 
 
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
 
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए। 
 
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ । 
 
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । 
 
यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ ।  बुधबार एक कार्यक्रम...

पूर्वराष्ट्रपति भण्डारीले गरिन् मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।३१ औं मदन(आश्रित स्मृति दिवस...

डोटीबाट नक्कली डाक्टर पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक...

पुटिन फेरि चीन भ्रमणमा, प्रतिबन्ध खेपिरहेको रुसलाई चीनले कसरी सघाउँछ ?

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भ...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी  पाथीभरा क्षेत्र विका...

रास्वपा नेता कार्कीको आरोप- ओलीले हाम्रो सभापतिलाई ‘मानवढाल’ बनाउन खोजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्ंमा आफ्ना सभापति रवि लामि...

जसपा नेपालको निष्कर्ष- पार्टी विभाजन कार्य धोखापूर्ण र अनैतिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने जनाएको छ । पार्टीको केन्द्रीय समि...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै

काठमाडौं । वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।  त्रेतायुगमा मिथिलाका रा...

३१ औं मदन-आश्रित स्मृति दिवस- रहस्यमय त्यो दासढुंगा दुर्घटना

काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र ...

पाल्पामा जीप दुर्घटना- २ जनाको मृत्यु, १३ घाइते

पाल्पा । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies