Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

टान अध्यक्षमा त्रिपक्षीय भिडन्त, कसले बाजी मार्ला ?

खबरडबली संवाददाता

काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदका लागि तीन व्यवसायी प्रतिस्पर्धी चुनावी दौडमा रहेका छन् ।

आगामी माघ २८ गतेका लागि तय गरिएको टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्षका तीनै जना प्रत्यासीले उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । साथै उहाँहरुले निर्वाचनमा माहोल आफ्नो पक्षमा पार्ट व्यावसायिक दौडधूप र छलफललाई तीव्रता दिएका छन् ।
     
टान अध्यक्षका लागि पर्यटन व्यवसायी नीलहरि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा र बोधराज भण्डारी विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटनुभएको छ । प्रत्यासीमध्ये बाँस्तोला टानका पूर्वउपाध्यक्ष हुनुहुन्छ भने भण्डारी र सापकोटाले टान कार्यसमितिमा रहेर काम गरिसक्नुभएको छ । होटल तथा ट्रेकिङ्ग व्यवसायमा तीनै जना अब्बल गनिनुहुन्छ । 

पर्यटन क्षेत्रमा लामो अनुभव भएकाले नेतृत्वका लागि तीनै जनालाई उपयुक्त उम्मेदवारका रुपमा हेरिएको छ । तीनै जना पर्यटनमा परिचित अनुहार भएकाले यस पटकको निर्वाचनमा पनि निकै रसाकस्सी हुने विश्लेषण गरिएको छ । टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ ।
     
टान निर्वाचनका लागि मिति घोषणा भएसँगै आकाङ्क्षी उम्मेदवारले आफ्ना प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा लागेको टानका अध्यक्ष खुम सुवेदीले बताउनुभयो । कोभिड महामारीको तेस्रो लहरको त्रास रहेकाले पूर्वनिर्धारित कार्यक्रम हुन्छ कि हँुदैन यकिन भएको छैन । यद्यपि, निर्वाचनको माहोल बनाउन उम्मेदवार मैदानमा उत्रिसकेका छन् । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।
     
टानका पूर्वउपाध्यक्षसमेत रहनुभएका बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । यस्तै उहाँले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ । 
     
विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा पूर्णरुपमा लाग्नुभएका बाँस्तोलाले सन् २००२ मा टानको साधारण सदस्य लिनुभएको थियो । सोलुखुम्बु निवासी बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गर्नुभएको अनुभव छ ।
     
एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाका समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आउनुभएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवं सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्ष निर्वाचित भएका थिए।

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय इतिहास बोकेको टानलाई अझै सशक्त व्यावसायिक संस्थाका रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। उनले नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन भएकाले कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न टानको नेतृत्वमा आउन उम्मेदवारी दिएको उल्लेख गरे।
     
अध्यक्षका अर्का प्रतिस्पर्धी व्यवसायी सापकोटाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटलसमेत सञ्चालन गरेका छन् । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्यसमेत छन् ।
     
पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यले टान नेतृत्वमा आउन चाहेको उनले सुनाए । उनले भने, “निजी क्षेत्रबाट सञ्चालित टानको धुमिल हुन लागेको अस्तित्वलाई बचाउन र टानको गरिमालाई उँचो बनाउन मेरो भूमिका रहन्छ, निजी क्षेत्रको साझेदारिताका लागि गठित पर्यटन बोर्ड र टानको सहकार्य बढाएर प्रवद्र्धनात्मक कामलाई अघि बढाउन जरुरी छ ।”
     
सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्ने बताए । सुरूआतमा टिम्सको शुल्क टानसँग सहकार्य गरेर पर्यटन क्षेत्रमा कार्यान्वयन गर्ने र १० प्रतिशत रकम पर्यटन मजदुरको हितमा खर्च गर्ने सम्झौता भएको थियो । सम्झौताअनुरुप काम नभएको व्यवसायीको गुनासो छ ।
     
यता पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यवसायी भण्डारीले पनि टान नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका छन् । स्नोइ होराइजन ट्रेक्स एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक भण्डारीले आफ्ना प्रतिबद्धता पनि सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेका छन्। उनले टान र टानका साधारण सदस्यप्रति उत्तरदायी भएर चुनावी खर्च कम गर्ने र उम्मेदवारी दर्ता शुल्क तथा बढीमा एक पन्ने प्रतिबद्धता पत्रको छपाइ खर्च मात्र हुने बताए । उनले निर्वाचनमा कुनै सदस्यको सदस्यता नवीकरण गरिदिने, फजुल खर्च नगर्ने, भेला र भाषणबाजी नगर्ने बताए। 

कुनै राजनीतिक दल र नेतासँग टानका विषयमा छलफल, सहमति या सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले पदयात्रा, पर्वतारोहण व्यवसायको प्रवद्र्धन, संरक्षण, विकास र बिस्तारका लागि पूर्णरुपमा प्रतिबद्धता जनाए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE