Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

रासस

बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । 

झुलाघाट, रोलघाट  र कुस्मौतघाटमा  सशस्त्र प्रहरीका सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएका छन् ।  ती बिओपीमा खटिएको सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिए ।

तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ । “उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ”, उनले भने, “रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ । भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाहेअनुसारको सुरक्षा दिन केही कठिनाई हुने गरेको छ । भनेको बेला फोन नै लाग्दैन ।”
उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ । यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले  सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, “टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं ।”  

बैतडीमा भारतसँग ६१ किलोमिटर  सीमा क्षेत्र जोडिएको छ ।  उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएको र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ । सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली  रहेको छ ।  

सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बिओपी स्थापना गरिन लागिएका हुन् ।  यस्तै सीमा क्षेत्रमा हुनसक्ने अवाञ्चिछत गतिविधि, सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार तथा मानव बेचबिखन जस्ता अपराध र राजस्व चुहावट रोक्न पनि बिओपी स्थापना गरिएका हुन् ।   

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending