Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

राजस्व अनुसन्धानका कर्मचारीलाई व्यापारीले हुलहुज्जत गरेपछि...

खबरडबली संवाददाता

विरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । 

आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएको छ  । 

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने  गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी  फर्किन बाध्य भएको  कार्यालय सूचना अधिकारी गौरव पन्थीले जानकारी दिए।  

गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री  कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो । टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उनले बताए। 

राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही  गोदाममा  राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो  । 

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए । पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो । 

घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको  छ । कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ ।

लागुऔषधसहित  पक्राउ

प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ अलपाइन स्कुलस्थित सडकखण्डबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । चामलको बोराभित्र लुकाइछिपाइ ल्याएको विभिन्न लागुऔषधसहित पर्सा धोबिनी गाउँपालिका–२ आशबारी बस्ने १९ वर्षीय पृथ्वीसिंह कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका कुर्मीको साथबाट चामलको बोरामा लुकाई राखिएको लागुऔषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies