Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

रेल चलाएर लिक परीक्षण गरेपछि बढ्यो रेल चढ्ने रहर

खबरडबली संवाददाता

महोत्तरी ।  फेरि रेल चल्ने चर्चा चल्यो । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो । 

“अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि ९आउने फ्रेब्रुअरी–१० तारिखदेखि० कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्थ देखिदैनन् । 

“कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौंला”, महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भन्नुभयो । शनिबार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक ९चालक० बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले पे्रmबुअरी १० देखि सेवा सञ्चालन गरिने बताउनुभएको हो । 

“सेवा सञ्चालनमा अब खासै अड्चन छैन, दक्षप्राविधिक भारतबाट झिकाइएका छन्”, महाप्रबन्धक झाले भन्नुभयो । यद्यपि यसअघि पनि सेवा सञ्चालनका तिथिमिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीका प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो रेल चल्ने चर्चाले खुशी समेटेको देखिदैन । जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलावदेवी साहको मुर्झाएको मन फेरि बौरिन्छ । कुर्था नजिकको बस्तीकी सले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दा÷सुन्दा हल्ला भित्रै हराएको व्यङ्ग गर्नुभयो ।

रेलको कुराले कैयन पटक आफ्नो रहर मूर्छित् हुने र बौरिने गरेको साहको भनाइ छ । “कि कहुँ, तेसुरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल” (के भनौ, परार नै रेल चल्ने कुरा थियो, तर, कुरैमा मात्रै रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुन्नुभएकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्नुभयो, “अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (अहिले पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर अब चले बुझौला कि रेल चल्यो) । 

भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । कुर्थादेखि भङ्गाहा–५ (महोत्तरी) को विजलपुरा स्टेसनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ । लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागेपनि कहिले चल्ने भन्ने कुरामा चैं ठूलाबडाको भनाइ त्यति पत्यारिला नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ ।

राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताए । धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेसन महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेसनबाट तीन किमीभन्दा पनि नजिक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् ।

त्यस्तै पिपरा गाउँपालिकाका रतौलीका बस्ती पनि कुर्थासँगै जोडिएका छन् । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चाअनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् । उमेरले ८० वर्ष टेक्दै गर्नु भएका भङ्गाहा–४ पलार बस्तीका चौठी बाँतरले  पनि रेल चल्ने कुरा चलेपछि बुढ्याइँले गाँजेको शरीर पूmर्तिलो बन्ने बताए। विगतमा रेल सेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने घिटघिटो नै बनेको बाँतरले बताए। 

विगतमा जयनगर–जनकपुर–विजलपुरा (भङहा, महोत्तरी)  रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गइएको भङ्गाहा–५ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवलाई सम्झना ताजै छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करिब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली”, ९हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्यौ, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष (करिब) जनकपुर गइएको छैन) उनले भने ।

अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने रामराजीको धोको छ । यसैबीच रेल्वे ट्र्याकका १४ हजार जति क्लिप र नट भर्खरै चोरी भएका छन् । चोरी भएका क्लिप र नट भारतीयपक्षले फेरि लगाइदिने जनाए पनि सुरक्षा चासोभने आम सर्वसाधारणले राख्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । “रेल्वेको सम्पति केही सङ्ख्याका रेल्वे कर्मचारी र सुरक्षाकर्मीले मात्र संरक्षण गर्न सक्दैनन्, आम जनताको चासो हुनपर्छ”, उहाँको भनाइ छ । पहिले जयनगर, जनकपुर हुँदै विजलपुरासम्म चल्ने रेल २०५८ सालको बर्खे भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको थियो । 

विसं १९९४ सालमा नेपालका वनका काठ बोगी ९रेलका मालसामान राख्ने डब्बा० भारत लाने उद्देश्यले सुरु भएको यो रेल कालान्तरमा यात्रु सेवामा परिणत भएको थियो । महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीयतहका बस्तीमा रेलको कुराले तत्काल जनमानसमा प्रभाव पार्छ । रेल चले आवतजावतको सुविधाको कुरामात्र नभएर आफ्नो फसलले तत्काल बजार पाउने सर्वसाधारण किसानको आश छ । “रेल चले हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्मको बजारमा तत्कालै पुग्नेछ”, लोहारपट्टी नगरपालिका–४ का वडाध्यक्ष जीतेन्द्र चौधरीले भन्नुभयो, “यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।” कुर्थाबाट ५÷६ किलोमीटरको दूरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिणमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरुन्तै भारतीय बजारसम्म पुग्ने आश सगाँलेका छन् ।  

“रेल चलोक त जीवन बड आसान भजायत (रेल चलेपछि जीवन सजिलो बन्नेछ)”, भङ्गाहा नगरपालिका–९ हरिनमरीका ९० वर्षीय जितन यादवले भन्नुभयो, “मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर, लाग्दैछ जीवन यसै आशैआशमा भुण्डिदैछ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरेपनि कुरामै सीमित भएपछि अब चलेपछि चलेछ भन्ने बुभिmने यादवको भनाइ छ । “रेल विभागका हाकिमले दुई ÷तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामै रह्यो”, भङ्गाहा–९ कै अजगेवा बस्तीका सत्यनारायण साहले भन्नुभयो, “कति सुन्नु त्यो उधारो कुरा....१ रेल सञ्चालन भएपछि बुझौला, ए अब चलेछ ।” तर यी गुनासाबीच रेल चलेपछि आपूmहरुको दिन राम्रा आउने आशभने साहको मरेको छैन । 

भारतको जयनगरबाट जनकपुरहुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा आउने फेब्रुअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड ९धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ विजलपुरास्टेशनसम्म ० खण्डमा पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराका स्टेसन भवन तयार भएका र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउनमात्र बाँकी रहेकाले थप १७ किमी ९कुर्थाबाट बिजलपुरा० को सेवा पनि चाँडै सुरु हुने महाप्रबन्धक झाको भनाइ छ ।    

यता तेस्रोखण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमीटर दूरीभित्र भने बल्ल मुआब्जाको विषय टुङ्गिएको छ । गत भदौमा बर्दिबास ९पुरानो बर्दिबास गाविस क्षेत्र० को मुआब्जाबारे निर्णय भएपछि अब तेस्रो खण्डको कामले पनि गति लिने कम्पनीको विश्वास छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा ९हाल भङगाहा नपा–४० किसाननगर (हाल बर्दिबास–६ र ७) र धनुषाको बेङ्गाडावर (हाल मिथिला नपा–९/ १०) पर्छ । महोत्तरीतर्फका भङ्गाहा र किसाननगरमा गतवर्षमै जग्गा मुआब्जा निर्धारण गरिएर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिएको हो ।

अब मुआब्जाको कुरा टुङ्गिएको हुँदा निर्माण कार्य अघि बढाउन सम्वद्धपक्षलाई आग्रह गरिसकिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा (सन् २०१० को इष्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु गरिएको हो । यसअघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्को अवरोध थपिँदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिदै गएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतक मतदाताको नाम दुरुपयोग नहोस् भन्नेमा हामी सचेत छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोग ले मतदाता नामावलीमा रहेका मृतक व्यक्तिको नाम दुरुपयोग हुन नदिने विषयमा आफू सचेत रहेको जनाएको छ। आयोगका अनुसार यससम्बन्धी जिज्...

निष्पक्ष चुनाव भए प्रत्यक्षतर्फ ६० सिट जित्ने प्रचण्डको दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी ग...

निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ । जिल्ला प...

फेरिएको चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भा...

नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज, चुनावी तयारीबारे समीक्षा हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...

नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...

झापा ४ मा चुनावी सरगर्मी: पुराना प्रतिस्पर्धी र नयाँ शक्तिबिच कडा टक्कर

बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE