Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

पार्टीबाट नैतिक आधारमा अलग हुनसक्छु, तर राप्रपा फुटाउने छैन : कमल थापा

‘म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन’

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले  आफू पार्टीबाट नैतिकताको आधारमा अलग हुनसक्ने बताएका छन्। 

अध्यक्षमा पराजित भएपछि राजेन्द्र लिङ्देनसँगको दुरी बढ्दै गएपछि नेता थापाले फेशबुकमा लेखेका छन्, ‘स्पष्ट हुनुस् विचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन।’

विगतको विषम परिस्थितिमा राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिंड्ने भनेर आफूलाई सत्तोसराप गर्नेहरु नै अहिले राजा राजनीतिभन्दा माथी रहनुपर्छ भनेर पार्टीमा आफ्नो खेदो खनि रहेका उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्र प्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन। म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन।’

राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दामाथि बस्न नचाहने स्पष्ट संकेत मिलेको दाबी गरेका छन्। 

‘मेरो समस्या र पिडा त्यही हो। यो प्रसंगलाई हारजीतसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशताप्रति मेरो दया छ’ उनले लेखेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ । केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले...

कालीकोटका किसानलाई गोठालो भत्ता

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष का...

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार न...

पार्टी विभाजनविरुद्ध अदालत जाँदै उपेन्द्र यादव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । यसबारे औपचारिक निर्णय गर्न आज ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अध...

बलात्कार मुद्दामा सन्दीपको दाबी- यो घटना घटेको होइन, घटाइएको हो

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

सुनकोसी-मरिण डाइभर्सनको आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ...

इलाम-२ बाट निर्वाचित सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। सिंहदरबारस्थित कृषि समितिको...

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies