काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफू पार्टीबाट नैतिकताको आधारमा अलग हुनसक्ने बताएका छन्।
अध्यक्षमा पराजित भएपछि राजेन्द्र लिङ्देनसँगको दुरी बढ्दै गएपछि नेता थापाले फेशबुकमा लेखेका छन्, ‘स्पष्ट हुनुस् विचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन।’
विगतको विषम परिस्थितिमा राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिंड्ने भनेर आफूलाई सत्तोसराप गर्नेहरु नै अहिले राजा राजनीतिभन्दा माथी रहनुपर्छ भनेर पार्टीमा आफ्नो खेदो खनि रहेका उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्र प्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन। म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन।’
राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दामाथि बस्न नचाहने स्पष्ट संकेत मिलेको दाबी गरेका छन्।
‘मेरो समस्या र पिडा त्यही हो। यो प्रसंगलाई हारजीतसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशताप्रति मेरो दया छ’ उनले लेखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...
चैत्र २ गते, २०८२ - ०७:१४
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फि...
चैत्र २ गते, २०८२ - ०७:१२
काठमाडौँ । देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा सुरु गरिएको देशोद्धार पूजा आइतबार तिलगंगास्थित बज्रेश्वरी मन्दिरमा गरिएको छ...
चैत्र २ गते, २०८२ - ०७:०९
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्...
चैत्र २ गते, २०८२ - ०७:०६
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको माग दाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्...


प्रतिकृया लेख्नुहोस्: