काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गरेका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौं श्रम संसदलाई काठमाडौंमा सम्वोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेट्ने योजना अघि बढाएको बताए।
मन्त्री श्रेष्ठले भने, ‘अब सबै प्रतिष्ठान र श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आवश्यक छ। यसमा सबै श्रमिक र रोजगारदाताहरुको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।’
अहिले श्रम कानून कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर पूरा गर्नुपर्ने दायित्वबाट पन्छिने प्रवृति पनि देखिन थालेको मन्त्री श्रेष्ठले बताए। श्रम ऐनको लचकताबाट लाभ लिने अर्थात रोजगारीबाट हटाउने विषय लागु गर्ने तर सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने विषयमा आनाकानी गर्ने प्रवृति अस्वीकार्य रहेको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने र बाध्यकारी वैदेशिक रोजगारीलाई हटाउने गरी अघि बढेको बताए। श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने कुरामा पनि प्रभावकारी रुपमा काम अघि बढाएको भन्दै उनले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमि हुन नदिने प्रतिवद्धता जनाए।
वैदेशिक रोजगारीलाई सरल, सहज बनाउने र विकृतिको अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउन लागिपरेको उनको भनाइ छ। सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने दिशातर्फ काम अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८१ - ०९:४६
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । बुधबार एक कार्यक्रम...
जेष्ठ ३ गते, २०८१ - ०९:३९
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।३१ औं मदन(आश्रित स्मृति दिवस...
जेष्ठ ३ गते, २०८१ - ०९:१६
डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक...
जेष्ठ ३ गते, २०८१ - ०८:४६
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भ...
जेष्ठ ३ गते, २०८१ - ०८:४०
ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विका...
जेष्ठ ३ गते, २०८१ - ०८:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्ंमा आफ्ना सभापति रवि लामि...
जेष्ठ ३ गते, २०८१ - ०८:१८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने जनाएको छ । पार्टीको केन्द्रीय समि...
जेष्ठ ३ गते, २०८१ - ०८:११
काठमाडौं । वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका रा...
जेष्ठ ३ गते, २०८१ - ०८:०७
काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र ...
जेष्ठ ३ गते, २०८१ - ०७:१६
पाल्पा । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको ...
प्रतिकृया लेख्नुहोस्: