अर्घाखाँची । पैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसी भएका छन् । गरिबीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि नयाँ घरमा बस्न पाउँदा उनीहरु खुशी भएका हुन् ।
चुत्राबेँसीमा बस्दै आएका वादी समुदायका ११ घर परिवार र सोही ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरु खुसी छन् ।
‘बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरिर लुथ्रुक्कै भिजेको हुन्थ्यो, कति रात त पानी परेर ननिदाइकनै उज्यालो हुन्थ्यो’ सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले भनिन्, ‘कपडा भिजेर अर्को कपडा फेरि रातभर जागराम बस्थ्यौँ अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ ।’
प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख ६८ हजार खर्चेर १३ घर निर्माण गरिएको प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए । लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाएकामा आफूलाई निकै आन्नदित महसुस गरेको नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत आवासको व्यवस्थापन गरिएको हो । पक्की घर निर्माण गरेपछि उनीहरुलाई सजिलो भएको छ । उक्त घरपरिवारलाई सामूहिकरुपमा लालपुर्जासमेत प्रदान गरिएको नगर प्रमुख भुसालको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - ०९:२२
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...
चैत्र ९ गते, २०८२ - ०९:१८
काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...
चैत्र ९ गते, २०८२ - ०९:११
काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...
चैत्र ९ गते, २०८२ - ०७:५२
काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...
चैत्र ९ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...
चैत्र ९ गते, २०८२ - ०७:३९
काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...
चैत्र ९ गते, २०८२ - ०७:३३
काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...
चैत्र ९ गते, २०८२ - ०७:२९
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...
चैत्र ९ गते, २०८२ - ०७:२५
कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...
चैत्र ९ गते, २०८२ - ०७:१७
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...


प्रतिकृया लेख्नुहोस्: