Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

देउवाले शेखर कोइरालालाई बाइपास गरेर चल्नखोज्दा कांग्रेसमा ‘विद्रोह’को चेतावनी

देउवाको बोली व्यवहारमा एकरुपता नदेखिएको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टीलाई आफूखुसी चलाउन खोज्दा नेता शेखर कोइराला पक्षले विरोध जनाएको छ।  १४  महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

महाधिवेशनपछि कांग्रेस एकढिक्का हुने र गुटका भेला नहुने पार्टीका पदाधिकारीले भनेका वाक्य टुंगीन नपाउँदै बुधबार कोइराला गुटको बैठक बसेको छ।

राजधानीको एउटा होटलमा बसेको बैठकमा महाधिवेशनमा जितेका र हारेका नेताहरूको उपस्थिति थियो।

कोइराला पक्षबाट महामन्त्रीमा सर्वाधिक मत ल्याएर निर्वाचित गगनकुमार थापा र उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भए। यसैगरि उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवार डा. चन्द्र भण्डारी र डा. मीनेन्द्र रिजाल पनि सहभागी थिए।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा कोइराला पक्षका नेतालाई छाडेर मनोनयन गरेपछि आफ्नो समूहलाई बाइपास गरिएको भन्दै कोइराला समूह असन्तुष्ट छ।

भेलामा कोइरालाले सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गर्ने काम बन्द गर्न सबै एकढिक्का हुनुपर्नेमा जोड दिए। देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा कोइराल पक्षबाट एकजना पनि परेका छैनन्। 

सभापति देउवाले पहिलो पटक वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

त्यसको भोलिपल्टै जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए। पार्टी सभापतिले मनोनीत गर्ने ३३ जनामध्ये अझै २० जना मनोनीत गर्न बाँकी छ।

आफू निकटको बुधबारको भेलालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘हामीले पार्टीलाई एकढिक्का बनाउन चाहान्छौँ। तर, सभापतिले हाम्रो खबदारीलाई बेवास्ता गर्दै जानुभएको छ। यस्तै अवस्था रहिरहे  पार्टी दुर्घटनामा पर्न पनि सक्छ। तपाईहरुले त्यसको तयारीमा रहनुस्।’ 

सभापति देउवाले पेलेर जाने नीति लिएपछि कोइराला ‘विद्रोह’सम्मको चेतावनीसहित प्रस्तुत हुने तयारीमा छन्। 

यस्तै महामन्त्री गगन थापाले पनि सभापतिको बोली व्यवहारमा एकरुपता नदेखिएको भेलालाई जानकारी गराए। 

उनले भने, ‘वागमती प्रदेशको मन्त्री छान्दा होस् वा राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा सभापतिजीले हामीसँग संवाद गर्न आवश्यक ठान्नुभएन। हामी पार्टीलाई विधि विधानमा अगाडि बढाउन चाहन्छौँ।’ 

शेखरको प्रश्न 

त्यसो त बुधबार एक अपिल जारी गर्दै उनले केन्द्रीय सदस्यहरु कुन मापदण्डका आधारमा मनोनित गरिएको हो? भन्ने जान्न चाहेको बताएका छन् ।

‘नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

कोइरालाको अपिल

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: