सिरहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।
घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए।
यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् ।
चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - ०८:२५
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सम...
माघ २१ गते, २०८२ - ०८:११
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...
माघ २१ गते, २०८२ - ०८:०३
म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...
माघ २१ गते, २०८२ - ०७:५५
तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...
माघ २१ गते, २०८२ - ०७:५३
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...
माघ २१ गते, २०८२ - ०७:४८
बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...
माघ २१ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्री...
माघ २१ गते, २०८२ - ०७:४०
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई...
माघ २१ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्व...
माघ २१ गते, २०८२ - ०७:२५
काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति स...



प्रतिकृया लेख्नुहोस्: