Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

स्याङ्जामा यसवर्ष ६७ हजार मेट्रिक टन धान उत्पादन

खबरडबली संवाददाता

वालिङ । स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा बर्षे धान ६२ हजार २७१ र चैते (हिउँदे) धान चार हजार ४६४ गरी कूल ६६ हजार ७३५ मेट्रिक टन धान उत्पादन भएको हो ।

स्याङ्जामा यसवर्ष १६ हजार ८३० हेक्टरमा बर्षे धान र एक हजार २४० हेक्टरमा चैते (हिउँदे) धान लगाइएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सोनी रानाले जानकारी दिए । वर्षे धानमा ३.७ मेट्रिक टन प्रति हेक्टर र चैते धानमा ३.६ मेट्रिक टन प्रति हेक्टर धानको उत्पादकत्व रहेको उनले बताए ।

गत वर्षको तुलनामा जिल्लामा यसवर्ष धान उत्पादनको क्षेत्रफल घटेको हो । गतवर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसान धानखेतीबाट विस्तारै फलफूल जातका खेतीतर्फ लाग्नु र खेतीयोग्य जमिन घर घडेरीका रुपमा परिणत भई उत्पादन हुने भूमि नासिनु जस्ता कारणले गर्दा क्षेत्रफल घटेको उनले बताए ।

स्याङ्जामा आर्थिक वर्ष २०७६/७७ मा १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो तीन वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै धान उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रमा छ ।

 स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान, सावित्री, खुमल ४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ जस्ता उन्नत धान लगाउने गरिन्छ ।

केही ठाउँहरुमा स्थानीय जातका पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायत जात पनि लगाउने गरिएको पाइन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गरेको बागबानी विकास अधिकृत रानाले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending