Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’ बाट उपचार

रासस

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ । आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो । बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिए । दैनिक एक घण्टाको दरले पन्ध्र दिनसम्म नियमित थेरापी गरेपछि मज्जाले बोल्न सक्ने हुन्छन् । उनले भने, “गत वर्ष दुई जनाको सफल उपचार भयो, यस वर्ष एक जनाको उपचार भइरहेको छ ।” 

यस वर्ष व्यासनगरपालिका–१ गल्बुबेँसी निवासी नारायणप्रसाद सापकोटाको उक्त विधिबाट उपचार थालिएको उनले बताए । श्वास नलीमा मासु पलायो भने ट्युमर भयो भने आवाज रोकिदिन्छ । उनले भने, “जसले गर्दा बोल्न मिल्दैन ।” श्वास नलीमा समस्या आएपछि भारतको लखनउमा गएर शल्यक्रिया गर्दा करिब रु एक लाख खर्च गरेको बिरामी सापकोटाले जानकारी दिए । 

“शल्यक्रिया गर्नुपूर्व स्वर कम हुँदै गएपछि उपचारका लागि लखनउ गएको थिएँ ।” उनले भने “शल्यक्रियापछि स्वर त झनै ठप्प भयो ।” उनले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेको चार दिन भएको र  केही सुधार हुँदा हल्का बोल्न सक्ने भएको जानकारी दिए । 

सुरुका दिनमा जस्तै पूर्णरूपमा आवाज आए नयाँ जीवन पाउने थिएँ, उनले भने । “विभिन्न सङ्घसंस्थामा आवद्ध छु, बोल्न नसक्दा कठिनाइ भोग्नुपरेको छ ।” उपचारमा लाग्ने औषधि महङ्गो पर्ने हुँदा स्वयं बिरामीले औषधि किन्नुपर्ने र उपचार निःशुल्क गर्ने गरिएको केन्द्रका प्रमुख डा मण्डलले बताए । उक्त समस्याका व्यक्तिले चिसो पानीको अलवा मन तातो पानी पिउनु लाभदायिक हुने उनले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending