Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तनहुँ जलविद्युत् आयोजनाः एक अर्ब ३० करोड मुआब्जा वितरण

खबरडबली संवाददाता

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ ।

 आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको हो । क्याम्प र विद्युत्गृहको पहुँचमार्गका लागि १५० रोपनी क्षेत्रफल अधिग्रहण गरिएको छ । त्यसका लागि रु ४० करोड मुआब्जा वितरण गरिएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । 

 उहाँका अनुसार बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु आठ करोड मुआब्जा वितरण भएको छ । जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण गरिएको छ । त्यसका लागि रु ८२ करोड मुआब्जा वितरण गरिएको छ । बाँधस्थलको पहुँचमार्गमा ९० र जलाशय क्षेत्रमा ९७ प्रतिशत मुआब्जा वितरण भइसकेको उनले बताए । 

आयोजनाले रु ३८ करोडमा क्याम्प, रु १२ करोडमा विद्युत् सवस्टेशन, रु आठ करोडमा पहुँचमार्ग र रु दश करोडमा सेती नदीमा पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ । आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेको छ । आयोजनाको सबैभन्दा ढिलाइ भएको प्याकेज १ अन्तर्गतको कामका लागि गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ । प्याकेज १ अन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका काम हुनेछ । उक्त कामका लागि आयोजनाले सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँग सम्झौता गरेको थियो ।  

आयोजनाको प्याकेज १ ९हेडवक्र्स० निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एशियाली विकास बैंकको खरिद निर्देशिकाअनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

प्याकेज २ अन्तर्गत सिनो हाइड्रोले भूमिगत काम गरिरहेको छ । उक्त प्याकेज अन्तर्गत पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्कलगायतका काम भइरहेको छ । सिनो हाइड्रोले पाँच वटा सुरुङको काम सकेको छ । १९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको छ । बाँधबाट पानी ल्याउने एक हजार ४०० मिटरको सुरुङ खन्ने काम जारी छ ।

प्याकेज ३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामले पनि तीव्रता पाएको छ । उक्त प्याकेज अन्तर्गत प्रशारण लाइन निर्माणका लागि आठ वटा टावर निर्माण सम्पन्न भएको छ । कूल ९४ मध्ये २७ फाण्डेशनको काम सकिएको छ, भने छ वटा फाउण्डेशनको काम चलिरहेको छ । २० टावरका लागि आवश्यक सामग्री आउने क्रममा रहेको बताइएको छ । 

आयोजनाको बाँधस्थलको जलाधार क्षेत्र १५०२ वर्ग किलोमिटर रहेको छ । उक्त नदीको अनुमानित औषध बहाव १०७.७ घनमिटर रहेको र सेती नदीको अनुमानित वार्षिक थेग्यान दर ३७६६ घनमिटर प्रति वर्ग किमि रहेको छ । आयोजनामा थेग्यान बगाउने प्रविधि अपनाइएकाले जलाशयको सञ्चालन आयु करिब एक सय ३७ वर्ष हुने अनुमान छ । १४० मिटर बाँधको उचाइ रहने आयोजनाको भूमिगत विद्युत्गृहको लम्बाई ८९ मिटर, चौडाई २२ मिटर र उचाई ४४ मिटर रहनेछ । 

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending