Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजारका दरले आर्थिक सहायता वितरण

खबरडबली संवाददाता
नवलपुर । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले पुस महिनामा जिल्लाका ७८ जना मृतकको परिवारलाई रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको हो । 
 
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र–२०७८ बमोजिम कार्यालयले रकम प्रदान गरेको हो । स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंंका अनुसार कोभिड–१९ का कारण मृत्यु भएका मध्यविन्दु नगरपालिकाका २७, कावासोती नगरपालिकाका २७, देवचुली नगरपालिकाका १३, विनयी त्रिवेणी गाउँपालिकाका आठ, हुप्सेकोट गाउँपालिकाका तीन जना गरी ७८ जनाको परिवारले आर्थिक सहायता पाएका छन् ।
 
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति परिवार रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराइएको चापागाईंंले बताए । 
 
स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा कोभिडका कारण मरेका व्यक्तिको तथ्याङ्क मागेको थियो । “नवलपुरभित्रका स्थायी बासिन्दाको जुनसुकै अस्पतालमा उपचारका क्रममा कोभिड–१९ का कारण मृत्यु भए पनि उनीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ”, चापागाईंंले भने, “मृतकका परिवारले कार्यालयलाई विवरण उपलब्ध गराएको मितिले १० दिनभित्र उहाँहरुको खातामा रकम पठाएका छौँ ।” मृतकका परिवारको खतामा १० दिनसम्म पनि पैसा नगएको भएमा पुनः कार्यालयमा सम्पर्क राख्न समेत चापागाईंंले आग्रह गरेका छन् । 
 
कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै आर्थिक सहायता दिने भनेर कार्यविधि बनेकाले कोभिड लागेर घरमा नै मृत्युवरण गरेका व्यक्तिको परिवारलाई भने आर्थिक सहायता उपलब्ध गराउन नमिल्ने चापागाईंंले बताउ । जिल्लामा कोभिड–१९ बाट मृत्यु भएका १४० व्यक्तिको परिवारलाई उपलब्ध गराउन पुग्ने रकम निकासा भइसकेको भन्दै चापागाईंले त्यो भन्दा बढी निवेदन परेमा प्रदेश सरकारसँग रकम निकासाका लागि माग गरिने बताए । चापागाईंका अनुसार जिल्लामा कोभिड–१९ का कारण हालसम्म १७३ जनाको मृत्यु भइसकेको छ । 
 
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपी, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकैको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपी, आर्थिक सहायता दाबी गर्ने नजिकैको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपी अनिवार्य पेस गर्नुपर्ने चापागाईंले बताए । 
 
गैँडाकोट नगरपालिकाले भने कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको परिवारको फारम आफैले सङ्कलन गरेको छ । नगरपालिकाले नगरवासीको फारम सङ्कलन गरेर एकमुष्ठरुपमा स्वास्थ्य कार्यालयमा बुझाएर मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने गरी काम गरेको नगरप्रमुख छत्रराज पौडेलले बताए । गैँडाकोटबाट स्वास्थ्य कार्यालयमा जानका लागि टाढा भएकाले नगरपालिकामा नै सबै कागजपत्र सङ्कलन गरिएको पौडेलले बताए ।   
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending