Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राप्रपासँगकाे एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न रवीन्द्र मिश्रलाई अनुरोध गरेको छ। विवेकशील साझा पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेका हुन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग विवेकशीलका अध्यक्ष रविन्द्र मिश्रले भेटवार्ता गरेपछि पार्टी एकताको चर्चा चलिरहेको बेलामा नामको दुरुपयोग नगर्न अनुरोध गरेको हो। विवेकशील साझा पार्टी र राप्रपाबिच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति गम्भीर विमति रहेको उल्लेख गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ, ‘यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ। साथै, पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन हामी पार्टी सदस्यहरूलाई अपिल गर्दछौँ।’

वैकल्पिक राजनीतिलाई कलङ्कित पार्ने गरी जनताले जनआन्दोलनबाट विस्थापित गरेको पश्चगामी शक्तीकहाँ पार्टी बुझाउने र वैकल्पिक राजनीतिका संस्थापक योगदानकर्ताहरूको अपमान गर्ने यो प्रस्ताव खेदजनक र खारेज योग्य रहेको उल्लेख गरेका छन्। 

मिश्रले साउन ११ गते पार्टीको एकीकरण घोषणापत्र विपरीत, विधान विपरीत र वैकल्पिक राजनीतिको मर्म विपरीत व्यवस्था विरोधी, संविधान विरोधी, वैकल्पिक राजनीति विरोधी दस्ताबेज ल्याएर आफ्नो र केही व्यक्तिहरूको निजी राजनैतिक स्वार्थ पूरा गर्न पार्टी कानुनी र राजनैतिक रूपमा कब्जा गर्न खोजिरहेका आरोप लगाएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्...

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मना...

कोलम्बियामा विमान दुर्घटना, सवार १५ जनाको मृत्यु

काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending