Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

राप्रपासँगकाे एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न रवीन्द्र मिश्रलाई अनुरोध गरेको छ। विवेकशील साझा पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेका हुन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग विवेकशीलका अध्यक्ष रविन्द्र मिश्रले भेटवार्ता गरेपछि पार्टी एकताको चर्चा चलिरहेको बेलामा नामको दुरुपयोग नगर्न अनुरोध गरेको हो। विवेकशील साझा पार्टी र राप्रपाबिच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति गम्भीर विमति रहेको उल्लेख गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ, ‘यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टी बिच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ। साथै, पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन हामी पार्टी सदस्यहरूलाई अपिल गर्दछौँ।’

वैकल्पिक राजनीतिलाई कलङ्कित पार्ने गरी जनताले जनआन्दोलनबाट विस्थापित गरेको पश्चगामी शक्तीकहाँ पार्टी बुझाउने र वैकल्पिक राजनीतिका संस्थापक योगदानकर्ताहरूको अपमान गर्ने यो प्रस्ताव खेदजनक र खारेज योग्य रहेको उल्लेख गरेका छन्। 

मिश्रले साउन ११ गते पार्टीको एकीकरण घोषणापत्र विपरीत, विधान विपरीत र वैकल्पिक राजनीतिको मर्म विपरीत व्यवस्था विरोधी, संविधान विरोधी, वैकल्पिक राजनीति विरोधी दस्ताबेज ल्याएर आफ्नो र केही व्यक्तिहरूको निजी राजनैतिक स्वार्थ पूरा गर्न पार्टी कानुनी र राजनैतिक रूपमा कब्जा गर्न खोजिरहेका आरोप लगाएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending