काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताए ।
उनले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गरे। “नेपाल मात्रै यस्तो देश हो, जुन देशमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिइएको छ, राज्यका हरेक निकायमा महिलालाई आरक्षणको व्यवस्था छ, आफ्नो पार्टी ९नेपाली कांग्रेस० ले पनि ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएको छ, त्यतिमात्रै होइन स्थानीय तहहरुमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ, राष्ट्रपति, सभामुख, उपसभामुख पदमा पनि महिलाले नेतृत्व गरिसकेका छन्, त्यसैले धेरै ठाउँमा हामीले महिलालाई आरक्षण दिएका छौँ”, प्रधानमन्त्री देउवाले भने ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताए। नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उनले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराएको भन्दै भोलिका दिनमा पनि पार्टी संरचनादेखि राज्यका हरेक निकायमा महिला सहभागिता बढाउने गरेर काम गर्ने बचन दिए ।
प्रधानमन्त्री देउवाले नेतृ सङ्ग्रौला अत्यन्त मेहेनती र महिलाको हक अधिकारका लागि लडिरहेको व्यक्तित्व भएको उल्लेख गर्दै मुलुकको समसामयिक परिवेष्टलाई समेटेर पुस्तक प्रकाशन गरेकामा लेखिका संग्रौलालाई बधाई दिए।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अमरराज जोशीले नेपालीका सपना अधुरै नामक पुस्तकले परिवर्तित र चेतनशील समाजको परिवेष्टलाई यथार्थ रुपमा चित्रण गरेको बताए । हिजोको राजनीतिक घटनाक्रम र बेथितिको दस्तावेजीकरण रहेको पुस्तकले सामाजिक सुरक्षा, विकास, सुशासन र प्रजातान्त्रिक अभ्यासलाई कसरी सबलीकरण गर्नेजस्ता विषयलाई मिहीन ढङ्गले प्रस्तुत गरेको उनले वताए ।
पुस्तकको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा लोकनाथ दुलालले पुस्तकले तत्कालीन राजनीतिक सङ्क्रमणको घटनाक्रम र गलत क्रियाकलापलाई दस्तावेजीकरण गरेको बताए। पुस्तकका लेखिका नेतृ सङ्ग्रौलाले हिजोको विभिन्न परिवेष्टलाई चित्रण गरी विभिन्न समयका पत्रपत्रिका एवम् अनलाइनमा प्रकाशित लेख रचनालाई सङ्कलन गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिए।
पुस्तकमा विभिन्न समयमा पत्रपत्रिकामा लेखिएका १४८ लेख समावेश गरिएका छन् । विभिन्न ६ खण्डमा विभाजित ५१५ पृष्ठको पुस्तकको मूल्य रु २५० रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: