चितवन । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा गैँडा करेन्ट लागेर मरेको हो । भरतपुर महानगरपालिका–१६ मा गैँडा मरेको हो । सो विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । चितुवा रुखमा अड्किएर ठिमुराको जङ्गलमा मरेको अवस्थामा फेला परेको हो । यस्तै चित्तल र मृग २२, बँदेल पाँच र रतुवा दुई मरेको उहाँले जानकारी दिए ।
गैँडा र चितुवाबाहेक अन्य अधिकांश वन्यजन्तु बरण्डाभार वन क्षेत्र, रामनगर र मुग्लिन क्षेत्रमा सवारीसाधनले ठक्कर दिएर मरेका हुन् । खनालका अनुसार ७० प्रतिशत वन्यजन्त्ु सवारीको ठक्करबाट मर्ने गरेका छन् । वन्यजन्तुलाई ठक्कर दिने दुई सवारी नियन्त्रणमा लिई कारबाही गरिएको छ भने अन्य पहिचान हुनसकेको छैन ।
जिल्लाको वन क्षेत्रमा गत वर्ष ३५ वन्यजन्तु मरेका थिए । तिनीहरुमा एउटा पाटेबाघ, नौ जरायो, २३ चित्तल, एउटा रतुवा र एउटा बँदेल रहेको थियो । खनालले भने, “सवारी साधन चलाउनेले होसियारी पुर्याइदिएमा वन्यजन्तु मर्ने सङ्ख्या घट्ने छ ।” धेरै सङ्ख्यामा मर्ने गरेको पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली खण्डमा आकाशे पुल वा सतही सडक निर्माणको बहस चलेको छ ।
यता चालु आवको हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ६३ वन्यजन्तु मरेका छन् । सबैभन्दा बढी गैँडा र चित्तल मरेका हुन । निकुञ्जको तथ्याङ्कानुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएको अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बूढो भएर पाँच, भासी तथा दलदलमा परेर पाँच, पानीमा डुबेर दुई, जुधेर दुई, बाघको आक्रमणबाट एउटा गैँडा मरेका हुन् । गएको साउन १२ गते माडीको घाँगर क्षेत्रमा भेटिएको र असोज ११ गते धोवा क्षेत्रमा भेटिएको गैँडा चोरी शिकारबाट मरेको हुनसक्ने अनुमान निकुञ्जको छ । सरकारी हात्ती पालेको अवस्थामा बूढो भएर मरेको छ । खोरिया मुहानमा रहेको ७५ वर्षको पोथी हात्ती मरेको होे ।
सोही सङ्ख्यामा चित्तल मरेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ पोथी र चार भाले चित्तल मरेका हुन् । अधिकांश भुस्याहा कुकुरको टोकाइबाट मरेका हुन् । यसैगरी एक भाले र एक पोथी बाघ मरेका छन् । खोरमा उपचारका क्रममा एउटा र बिरामी भएको अवस्थामा अर्को मरेको तिवारीले जानकारी दिए ।
त्यस्तै प्राकृतिक कारणबाट एक भाले र एक पोथी भालु मरेका छन् । ६ भाले र चार पोथी अर्ना यसै अवधिमा मरेको निकुञ्जले जनाएको छ । एक भाले र एक पोथी रतुवा, एक भाले र एक पोथी लगुना, दुई पोथी र एक भाले जरायो, एक पोथी मगर गोही र अन्य तीन विभिन्न जनावर मरेको तिवारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: